ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
शिक्षा / स्वाथ्य

१४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा

२८ श्रावण २०८०, आईतवार १२:०९
सोमबार, ०८ साउन २०८०

बुटवल, २८ साउन । रुपन्देहीका चिकित्सा शिक्षा सरोकारवालाहरुले १४ बुदे विधेयक परिमार्जनको माग राख्दै आन्दोलनको घोषणा गरेका छन । सरकारबाट भर्खर ल्याइएको चिकित्सा शिक्षा विधेयकका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । उनिहरुले विधेयक परिमार्जनको विकल्प नरहेको दाबी गरे ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आयोजनामा आइतबार बुटवलमा भएको पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका पुर्वअध्यक्ष डा मुक्ति श्रेष्ठले ऐनलाई परिमार्जन गर्नुपर्ने बताए । चिकित्सा क्षेत्रको सुधार गर्न डा. गोबिन्द केसीको आन्दोलन भएको स्मरण गर्दै उनले यसमा सबै चिकित्सकहरुबाट साथ दिएको बताए । यो पवित्र उद्देश्यलाई फरक ढंगबाट व्याख्या गर्ने काम भएको दुखेसो गरे । मागलाई सम्बोधन गर्ने क्रममा बनेको ऐनबाट जटिलता उत्पन्न भएको उनले दाबी गरे । ‘यो ऐन आएपछि केही समस्या देखिएको हो’—उनले बताए । सबैले स्वस्थ्य सेवा पाउने, शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने जायज माग भएको भन्दै सिटिईभिटि शिक्षा नभई एमबिबिएसको विषयमा मुद्दा मुख्य रुपमा तत्कालिन समयमा उठाईएको उनले बताए । ब्यक्तिगत लाभभन्दा पनि समग्र देशकै चिकित्सा क्षेत्रको सुधार हुने गरि कानुन संशोधन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सिसीटि कलेजका प्राचार्य देवि भण्डारीले राजनीतिक परिवर्तनसंगै आम नागरिकमा शिक्षा, स्वस्थ्यको पहुच सहज हुनुको साटो जटिलता थपिएको दुखेसो गरे । पंचायत कालमा पनि शिक्षालयमा प्रहरी नछिर्ने गरेको स्मरण गर्दै उनले अहिले निक्कै गम्भीर अवस्था आएको बताए । उच्च शिक्षा आयोगको गठनसंगै योजनाबद्घ रुपमा प्राविधिक शिक्षालयमा प्रहार गरिएको आरोप लगाउदै उनले राजनीतिक पार्टीकै कारण अहिलेको अवस्था सृजना भएको दुखेसो गरे । विश्वविद्यालयको आफ्नै महत्व रहेको भन्दै उनले समाधान सहज भएको उनले बताए । पछिल्लोसमय सरकारले ईन्जिनियरिङ अध्ययन गरेपछि काउन्सिलिङमा परिक्षा दिनुपर्ने प्रावधान ल्याएको प्रति असहमती पेश गरे । नेपालमै भएका शिक्षालयलाई डुबाउने काममा नेतृत्व रहेको उनले दुखेसो गरे । पैसा उठाउन कम्पनी ऐनमा जान बाध्य बनाएका राजनितिक नेतृत्व अहिले फेरि शैक्षिक गुठीमा जान निर्देशन दिनु देशको शिक्षा डुबाउने खेल भएको बताए ।
कार्यक्रममा राज्य टिभीका अध्यक्ष गोबिन्द खनालले क्याम्पस संचालकहरु आफ्नो समस्या आम वर्ग, मिडियालाई सही ढंगबाट बुझाउन नसकेको बताए । ‘यसबारे राम्ररी बुझाउन जरुरी छ ’—उनले भने । अहिलेको समस्या शिक्षा प्रणाली, समग्र राष्ट्रिय समस्या भएको र यसले देशकै शिक्षालाई धरासायी बनाउन सक्छ भन्ने बुझाउन जरुरी रहेको उनले बताए । ब्यक्तिगत स्वार्थसंग जोडेर मुद्दालाई ब्याख्या गरिएको भन्दै उनले प्राविधिक शिक्षाको बारेमा सरकारको दृष्टिकोण गलत रहेको आरोप लगाए । समृद्धिसंग जोडिएको प्राविधिक शिक्षालाई सर्वसुलभ, सहज बनाउने, आम पहुचमा लग्नेभन्दा निकास बिना सरकारले गलत कदम चालेको उनले दुखेसो गरे ।
कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशीले चिकित्सा शिक्षा आयोग गठन भएपनि सही ढंगबाट संचालन हुन नसकेको दुखेसो गरे । आयोगमा धेरै क्षेत्रका सदस्यहरु रहेका र बदनियतपुर्ण तरिकाबाट सरोकारवालाहरुलाई छलफल नगरी ऐन ल्याउदा अहिलेको समस्या आएको उनले बताए ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका केन्द्रीय सचिव गणेश ज्ञवालीले नीजि क्षेत्रबाट प्राविधिक शिक्षामा भएको लगानीको सरकारले जिम्मा लिनुपर्ने बताए ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका लुम्बिनी प्रदेशका अध्यक्ष प्रकाश रानाले विगत पांच वर्षअघिबाट नै लबिङ र आन्दोलन जारी रहेको बताए । सरकारबाट प्रत्येक नर्सिङ कलेजले एक सय बेडको अस्पताल खोल्नुपर्ने बाध्यकारी नीति ल्याएको भन्दै उनले यस हिसाबले रुपन्देहीमा १६ वटा नर्सिङ अस्पताल खोल्नुपर्ने बताए । ‘नर्सिङ कलेजलाई अस्पतालको बेड संख्याको कुरा ब्यवहारिक छैन ’—उनले भने । एक सय बेडको एउटै अस्पताल खोल्न २ अर्ब लगानी हुने र यति ठुलो लगानीको सुनिश्चितता सरकारले नगरेको उनले बताए ।
नीजि प्राविधिक महासंघ केन्द्रिय सदस्य डिपी खनालले युवाहरुलाई स्वरोजगार गराउन सक्षम रहेको प्राविधिक शिक्षाप्रति सरकारले लगाम लगाउनु गलत भएको बताए । एक दुई वटा शिक्षालयमा भएको गल्तीको आधारमा समग्र प्राविधिक शिक्षालाई धरासायी हुने गरी विद्येयक ल्याउन नहुने भन्दै यसको बिरुद्धमा समग्र क्षेत्र एकजुट भएर लाग्ने बताए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?