ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
शिक्षा / स्वाथ्य

डेंगु र आँखा पाक्ने रोगबाट आक्रान्त नवलपुर

२७ श्रावण २०८०, शनिबार ०६:४५
सोमबार, ०८ साउन २०८०

नवलपुर, २७ साउन ।

पुर्वी नवलपरासीको नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग व्यापक फैलिएको छ ।

जिल्लाका सबै सरकारी अस्पतालमा दैनिक पाँच सय आँखा पाक्ने बिरामी आउने गरेको रयो रोग व्यापक रूपमा फैलिएपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

डेंगुले आक्रान्त पारेका बेला आँखाको भाइरल कन्जक्टिभाइटिस रोगका कारण आँखा पाक्ने रोग व्यापक रुपमा फैलिनुका साथै सरकारी अस्पतालमा मात्र दैनिक पाँच सय आँखाका बिरामी आउने गरेको तर निजी अस्पतालको त तथ्याङ्क यकिन नै नगरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

अस्पताल आउनेलाई बिरामीको अवस्था हेरेर आँखामा हाल्ने औषधि सहित सरसफाइमा ध्यान दिनेबारे सल्लाह दिने गरेको र यो रोगले साना उमेरका बालबालिकामा अझै बढी समस्या देखिएकोले आँखाका बिरामीले सामान्य चेकजाँच गरी घरमा नै बसेर उपचार गर्न सकिने हुँदा सक्रमितका बिरामी बढी भिडभाडमा नजानका लागि मध्यविन्दु जिल्ला अस्पतालका डा. कमलराज न्यौपानेले अनुरोध समेत गरेका छन् ।

केही दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीहरुलाई समेत प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्यननरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाईलाई समेत असर पुर्याएकोे छ । नवलपुर जिल्लाका सबै पालिकाको विद्यालय गत मंगलबारदेखि नै बन्द भएको छ ।

त्यसैगरी नवलपुरमा डेंगुका बिरामीको संख्या २९ पुगेको छ । जिल्लामा साउन महिनाको २५ गते सम्म डेंगुबाट संक्रमित हुनेको संख्या १२ जना महिला र १७ जना पुरुष गरेर २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईंले जानकारी दिए ।

जिल्लामा सबै भन्दा धेरै डेंगुका बिरामी मध्यविन्दु नगरपालिकामा फेला परेका छ्न् । मध्यविन्दुमा ५ जना महिला र ८ जना पुरुष गरेर १३ जना डेंगुका बिरामी रहेको उनले बताए । त्यसैगरी कावासोतीमा ३ महिला र ४ पुरुष सहित ७ जना, देवचुलीमा ३ महिला र २ पुरुष सहित ५ जना, गैंडाकोटमा १ महिला र २ पुरुष सहित ३ जना र विनयी त्रिवेणीमा १ महिला र १ पुरुष गरेर २ जना डेंगुका बिरामी फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ७९÷८० मा नवलपुरमा १ सय ५९ महिला र २ सय १५ पुरुष गरेर कुल ३ सय ७४ जना डेंगुका बिरामी फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?