ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
विचार

स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान

२८ श्रावण २०८०, आईतवार ०८:०१
सोमबार, ०८ साउन २०८०

विषय प्रवेश :
नेपालमा स्थापना भएका नगरपालिकाको ऐतिहासिक पक्ष केलाउने हो भने सफाई अड्डाको रुपमा नगरपालिकाको स्थापना भएको देखिन्छ । चन्द्रसम्शेर जवराले आफू हिड्ने बाटो फोहोर भएको महसुस गरी विक्रम संम्वत १९७६ पुस २ मा सफाई अड्डाको स्थापना गरे । कालान्तरमा उक्त सफाई अड्डा नगरपालिका हुँदै महानगरपालिका बन्यो । सरसफाई लगायतका नागरिका आधारभूत विषयहरु व्यस्थापनका लागि नगरपालिका गठन गर्ने कानूनी प्रवन्ध भए अनुसार थप नगरपालिका गठन हुँदै गए । संघीय शासन प्रणाली पश्चात स्थानीय सरकारका रुपमा नगरपालिकाहरु क्रियाशील रहेका छन् । यसअर्थ नगरपालिकाले सरसफाईलाई प्रमुख प्राथमिकतामा राख्नु पर्दछ र अधिकाँश नगरपालिकाले सरसफाई र फोहोरमैला व्यवस्थापनमा ठूलो लगानी गरेका पनि छन् ।

नगर सरसफाई र हरियाली प्रवर्धनको सुरुवात
यो अभियानको प्रेरणाको स्रोत बाग्मती सरसफाई महाअभियान हो । उक्त अभियानका प्रमुख अभियन्ता मध्ये तत्कालीन मुख्य सचिव श्री लीलामणि पौड्‌याल र डा राजु अधिकारीज्यू हुनुहुन्छ । बाग्मति सरसफाई महाअभियानको सुरुवाती समयमा मलाई पनि टिममा बसेर अनुभव हासिल गर्ने मौका मिलेको थियो । म आफू प्रधानमन्त्री कार्यालयमा कार्यरत रहंदासम्म उक्त अभियानमा सक्रिय सहभागिता जनाएको थिए । त्यसपछि म मैले जिम्मेवारी सम्हालेका सबै नगरपालिकामा यो अभियान सुरु गरियो। सन्धिखर्क नगरपालिका, घोराही उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, बाणगंगा नगरपालिका, कीर्तिपुर नगरपालिका, बर्दघाट नगरपालिकामा यो अभियान चलिरहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा समेत सिंहदरवार सरसफाई अभियानको थालनी गरिएको थियो । सरसफाई र हरियाली प्रवर्धन नागरिकको जीवनपद्वतिको रुपमा अंगिकार गर्न सबैलाई प्रेरणा दिन, अभियानमा सबैलाई जोड्न प्राथमिकता साथ संचालन गरिदै आईएको छ।
स्थानीय तहहरुमा समय समयमा नगरसफाई र हरियाली प्रवर्धन अभियान संचालन भईरहेको छ । तिलोत्तमा नगरपालिकाले नगर सरसफाई र हरियाली प्रवर्धनको सयौ श्रृखला भव्यताका साथ सम्पन्न गर्यो । त्यसैगरी बुटवल उपमहानगरपालिकामा तिनाउ नदी सरसफाई अभियान, राजमार्ग सरसफाई अभियान लगायतका विभिन्न अभियान सुरुवात भएतापनि ती निरन्तर र श्रृखलावद्वरुपमा चल्न सकेका छैनन्। यद्यपी टोल सफा गर्ने, वृक्षारोपण गर्ने कामहरु उपमहानगरपालिका भित्र बाक्लै देख्न सकिन्छ ।

नगर सरसफाई र हरियाली प्रवर्धन अभियान
मुख्य सचिव लीलामणि पौड्‌याल बाग्मती सरसफाई अभियान अन्तर्गत दुर्गन्धित बाग्मतिमा प्रवेश गर्दा मुख्य सचिव भएर नीति बनाउने हो कि रु बाग्मतिको दुर्गन्ध सफा गर्न हिड्ने हो रु भनेर आलोचना गरियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले सरसफाई अभियानको नेतृत्व गरिरहँदा सोही किसिमका आलोचना गर्नेहरु निकै भेटिए । तर, यो अभियान निरन्तर चलिरह्यो । अन्ततगत्वा अड्डाको स्थापना दिवस, लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस, प्रदेश स्थापना दिवस लगायत हरेक महत्वपूर्ण दिवस, महोत्वस, कार्यक्रममा सरसफाई अभियान जोडिनुका अतिरिक्त प्रमुख जिल्ला अधिकारीज्यूले आफ्नो पदभार ग्रहण गर्दा सरसफाई अभियान संचालन गर्ने, रुख रोप्ने, अड्डा सफा गर्ने लगायतका अभियानहरु चल्दै आएका छन् । मुख्य सचिव प्रमुख प्रशासकीय अधिकृतले सरसफाई अभियान संचालन गर्दा आलोचना गर्नेहरु नै अहिले सरसफाई अभियानमा कुचो लिएर हिड्को देखिन्छ । त्यसैगरी बाग्मती सरसफाई महाअभियानमा सम्माननीय राष्ट्रपतियज्यू, सम्माननीय प्रधानमन्त्रिज्यू, माननीय मन्त्रिज्यू लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता बढ्दो छ ।यसले के सन्देश दिन्छ भने समाज परिवर्तन र नागरिकको माइण्डसेट परिवर्तनका लागि प्रयोग गरिने विभिन्न औजारहरु मध्ये आफै रोलमोडल बन्ने र कुचो समात्नु पनि एउटा काइदा हो भन्ने विषयलाई प्रमाणित गरेको छ ।

सृष्टि एक, दृष्टि अनेक:
यो अभियान हेर्दा सामान्य लाग्छ । तर यसमा निकै ठूलो नैतिक बल लुकेको छ । यसले स्थानीय सरकारका सयौ कामहरुलाई जोड्ने, एकिकृत गराउने, नागरिक समाजलाई लयबद्व गरी समग्र स्थानीय तहको विकासमा अगाडि बढाउने, परिचालन गर्ने काममा सहयोगी भूमिका निर्वाह गरेको छ । यो अभियानमा आफैमा बहुआयामिक विषय हो । यसले धेरै कुराहरुको डिमाण्ड गर्दछ । अभियान केवल सडक सफा गर्ने मात्र होइन । सरसफाई र हरियाली प्रवर्धनलाई जीवनपद्वतिको रुपमा विकास गर्ने मन्त्र पनि हो । हालसम्म गरिएका अभ्यासलाई मसिनो गरी केलाईयो भने पनि यी सबै कुराहरुलाई सजिलै प्रमाणित गर्न सकिन्छ । सरसफाई अभियानको एउटा वृक्ष हो । क्रमश यो झाङ्गिदै जान्छ सबैलाई शितलता प्रदान समष्टिमा एउटा ठूलो पिपलको रुखजस्तै भएर झ्यामिन्छ । जसलाई केहि आयामिक दृष्टिले देहाय बमोजिम विश्लेषण गर्न सकिन्छ ।

प्लाष्टिकका झोला, प्लेट, गिलास र चम्मा प्रयोगमा न्यूनीकरण गर्ने अभियान
सडक सरसफाई गर्दा प्लाष्टिकका झोलाहरु यत्रतत्र फालिएको पाउँछौ । जथाभावी फालिएका झोलाहरु पुन प्रयोग गर्नुपर्ने वा निश्चित माइक्रोन भन्दा कमका झोलाहरु प्रयोग गर्न नपाई नियम बनाउनु पर्ने माग गर्दछ सो बनाउन झकझकाउँछ । अझै गहिराईमा पुग्दा वातावरण सम्बन्धि ऐन कानूनको पूर्ण परिपालना गर्नुपर्ने कुरालाई जोडदार तरिकाले उठाउँछ । घरबाटै झोला बोकेर बजार जानु पर्ने बानीको विकास गराउँछ । घरमा प्लाष्टिकका सामनाहरु प्रयोगमा कमि ल्याई परम्परागत सामनहरुको प्रयोगमा जोड दिने लगायत पारिवारिक सभ्यताको पुर्जागरणको सुरुवात गराउने मद्वत पुर्याउँछ । प्लाष्टिकका गिलासमा तातो चिया पिउन बन्दजे लगाउँछ । विवाह पाटी लगायतका कार्यक्रममा पत्रुस्तरका प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउँछ । यो अभियान नजिकैको तिलोत्तमा नगरपालिकाबाट सिक्न सकिन्छ ।

फोहोरको स्रोतमा नै वर्गिकरण अभियान:
कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग बर्गिकरण गर्नुपर्ने बाध्यकारी नियम, फोहोर वर्गिकरण अभियान, फोहोरलाई मोहोरमा रुपमान्तरण गर्ने परियोजना, नदी किनार फोहोर नफाल्ने साथै नदी सफाई अभियान शहरका कुना काप्चीमा फोहोर नफाल्ने, फोहोरमैला सम्बन्धि कानून कार्यान्वयन लगायत समुदायमा आधारित फोहोर व्यस्थापन पद्वति माग गर्दछ र यी कामहरु सम्पन्न गर्नको लागि प्रेरित गर्दछ । यसको उदाहरणको लागि घोराही उमहानगरपालिका र बर्दघाट नगरपालिकालाई लिन सकिन्छ ।

सफा होटल तथा रेष्टुरेन्ट अभियान:
सरसफाई अभियानको कुरा केवल सडकको मात्र होइन होटल र रेष्टुरेन्टको सफाई पनि हो । बाहिर चिटिक्क सजाईएका तर भित्र निकै फोहोर थुपारिएका होटलहरु, विभिन्न नामले ब्राण्डिङ्क गरिएका मिठाईहरु नास्ता पसल होटलले खुवाउने खानाको गुणस्तर लगायत नागरिकको स्वास्थ्यसँग जोडिएका सयौ विषयहरुलाई सानो अभियानले ठीक ठाउँमा ल्याउन सक्छ । होटलमा प्रयोग गरिएका बालश्रमिकहरुको अनुगमनलाई समेत यो सरसफाई अभियानले तानेको छ ।

एक घर : दुई विरुवा अभियान
यो अभियानले सरसफाईका अतिरिक्त हरियाली प्रवर्धन कार्यक्रमलाई समेत उच्च महत्व राख्दछ । स्थानीय सरकाले केवल नीतिगत स्पष्टता र विकासको बलियो दृष्टिकोण निर्माण गर्दा मात्र सानो लगानीले ठूलो उपलब्ध हासिल गर्न सकिन्छ । एक घर स् दुई विरुवा अभियानलाई घरको नक्सापासको प्रक्रिया सुरु हुने बेलामा अनिवार्य गर्दा सेवाग्राहीले आर्थिक दायित्व सृजना भएको महसुस पनि नगर्ने र प्रत्येक घरमा दुईवटा विरुवा सजिलै हुर्कन सक्छन । त्यसैगरी घरको अभिलेखिकरणको प्रक्रियामा समेत कुनै न कुनै एङ्गलबाट एक घर दुई विरुवाको नीति लागु गराउन सकिन्छ । यो अभ्यास गरि आएको विषय पनि हो । आर्थिक क्रियाकलापसँग जोडिएका विरुवा रोप्ने प्रवन्ध मिलाउन सकिन्छ। यसको लागि स्थानीय नेतृत्वको लगाव, सोच, इमान्दार प्रयासको खाँचो रहन्छ ।

नगरको फूल (City Flower) को चयन र लागू :
स्थानीय सरकारलाई समृद्व र भाईव्रेन्ट बनाउनको लागि नगरले सिटी प्लावर छनौट गरी प्रत्येक घरमा नगरको फूल रोपण गर्न आव्हान गर्दा नागरिकको प्रत्येक घरमा शहरको फूल लगाउँछन र हरियाली प्रवर्धन र शहरी सौन्दर्यकरण स्वतस् झल्कन्छ ।

आफ्नो र परिवारको जन्म दिन र म्यारिज एनिभर्सरीमा वृक्षारोपण:
आफन्तको जन्द दिन र म्यारिज एनिभर्सरीमा शुभकामना दिने नयाँ पुस्तलाई आफ्नो र परिवारको जन्म दिनमा एउटा विरुवा रोप्ने अभियानमा आकर्षित गर्ने, अनिवार्य बनाउने, सहजिकरण गरियो भने प्रत्येक वर्ष लाखौ विरुवा रोपिन्छ, स्हारिन्छन् र हुर्कन्छन् । यो कार्यक्रमले स्वतस् हरियाली प्रवर्धनमा टेवा पुर्याउँछ नै ।

संघ, संस्था र सहकारीको स्थापना दिवस र साधारण सभामा विरुवा रोपण अभियान :
स्थानीय सरकार मातहतका सबै सहकारी, संघ, संस्थाहरुले आफ्नो साधारण सभा र वार्षिक उत्सव मनाउँदा वृक्षारोपणलाई अनिवार्य गराउनु पर्ने हुन्छ । वार्षिक उत्सवको तामझामपूर्ण खर्चमा केहि विरुवा रोप्ने खर्च घुसाउँदा आर्थिक दायित्वको बढेको महसुस पनि हुँदैन । स्थानीय सरकारको कामलाई टेवा समेत पुग्छ ।

जनप्रतिनिधिहरुले पदवहाली गरेको दिनको स्मरणमा वृक्षारोपण अभियान
जनप्रतिनिधिहरुले आफूले पदबहाली गरेको दिनको सम्झनामा वृक्षारोपण गर्ने परम्पराको थालनी गर्न यसले घचघचाउँछ । जनप्रतिनिधिहरुले असल अभ्यासको थालनी गरेमा क्रमशस् संस्थागत हुँदै जाने र वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्छ। तिलोत्तमाका पूर्व प्रमुख बासुदेव घिमिरेद्वारा यसको सुरुवात गरिएको थियो ।

एक विद्यार्थी : दुई विरुवा अभियान
सबै विद्यार्थीहरु आफ्नो विद्यालयको परिसर वा खाली जमीन रहेको स्थानमा विद्यालयको व्यस्थापनमा एक विद्यार्थी स् दुई विरुवाको अभियानलाई माग गर्दछ । यसले विद्यार्थीहरुलाई वातावरणप्रति सचेत रहन वातावरणलाई माया गर्ने बानीको विकास गराउँछ । तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माध्यामिक विद्यालयले यो अभियान सुरु गरेको थियो ।

माता पिताको सम्झनामा वृक्षारोपण :
मातापिताको सम्झनामा विभिन्न पुण्य कार्य गर्ने व्यक्तिहरुलाई लक्षित गरेर वृक्षारोपण अभियानमा जोड्नु पनि यो अभियानको अर्को दृष्टि हो । २०७४ मा घोराही उपमहानगरपालिकामा यो अभियान सुरु भएको हो । तर अभियान रुपमा नभई कार्यक्रमको रुपमा संचालन भएको हुँदा यो अपेक्षाकृत फैलिन सकेन । यद्यपी यो कार्यक्रमलाई अभियानको रुपमा लैजान सकिन्छ । घोराही उपमहानगरपालिकाद्वारा यो अभियान सुरु गरिएको थियो।

सडकको दुवै विरुवाका लागि कालोपत्रे वा सडक ग्राभेलकै बखत लागत अनुमानमा नै समावेश गर्ने:
शहरलाई सुन्दर, सफा, हरियाली र मनमोहक साच्चै शहर बनाउने प्रमुख अस्त्र नै सरसफाई र हरियाली र शहरी सौन्दर्यकरण नै यसका लागि सडक निर्माण लागत अनुमान तयार गर्ने क्रममा नै विरुवा रोप्ने कामलाई समेत लागत अनुमानमा समवेश गर्ने र सोही अनुसार सम्पादन गर्ने प्रवन्ध मिलाउनु पर्ने हुन्छ । यो काम बर्दघाट नगरपालिकाले नीतिगत रुपमा सम्बोधन गरेको छ । सायद आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान्छ होला । यो भन्दा अगाडि घोराही उपमहानगरपालिकले प्रचलनमा ल्याएको थियो । सडकका वरिपरि विरुवाहरु रोप्ने, जोगाउने, हुर्काउने, पानी दिने र स्हार सम्भार गर्ने लगायतका कामहरु यो अभियान भित्र पर्दछन । यो अभियान घोराही उपमहानगरपालिकाले २०७४ मा सडक वोर्डका आयोजनाका हकमा अनिवार्य गरेको थियो।

वातावरणमैत्री स्थानीय शासन कार्यक्रमसँग तालमेल:
विश्वसमुदाय जलवायू परिवर्तनको चपेटामा परिरहेको अवस्थालाई ध्यानमा राख्दै सरकारले वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमको माईलस्टोनको रुपमा नगरसफाई कार्यक्रमका बहुआयामिक अभियानहरु पर्दछन् । यो कार्यक्रमलाई पनि सँगसँगै लैजानु पर्दछ भन्ने माग यो अभियानले राख्दछ।

शहरी सौन्दर्य बढाउन नगरपालिकामा एउटै कलर कोड :
नगरभित्र सबै भवनमा एकरुपता कायम गरी शहरी सौन्दर्य बढाउन सबै घरमा एउटै रंग लगाउने नयाँ बन्ने भवनमा गरपालिकाले तोकेको रंग लगाएपछि मात्र घर निर्माण सम्पन्नता प्रमाणपत्र दिइने प्रावधान लागू गर्न सकिन्छ । यसप्रकारको कलर कोड भवनको बाहिरी भागका लागि मात्र हो । घर भित्रको रंग लगाउन भने घरधनी स्वतन्त्र रहन्नछन । सबै घरमा लगाइने एउटै रंगले नगरलाई आकर्षक बनाउने बनाउने हुँदा यो प्रावधान नगर सरसफाई र हरियाली प्रवर्धनसँग जोडिएको हो ।

शैक्षिक भवनहरुको लागि पहेलो कलर कोड :
यो अभियानसँगै समन्वय गर्दै सार्वजनिक भवनहरुमा प्रयोग हुने रङ्ग सम्बन्धि निर्देशिका २०६९ अनुसार सबै शैक्षिक भवन तथा विद्यालयमा निर्माण हुने भौतिक संरचनाहहरु ९भवन, शौचालय, क्यान्टिन लगायत० मा पहेलो कलर कोड लगाउने अभियान चलाई यसलाई पालना गराउन सक्दा विद्यालय सुन्दर देखिने हुन्छ ।

बर्दघाटको अभ्यास :
स्थानीय सरकारको एकल प्रयास र लगावले मात्र अपेक्षाकृत नजिता हासिल गर्न सकिदैन । अपेक्षाकृत नजिता प्राप्तिका लागि शासन व्यवस्थापन तीन वटा क्षेत्रको हिस्सेदारी र साझेदारी आवश्यक मानिन्छ । सरकार, निजी क्षेत्र र सामाजिक क्षेत्रलाई विकासका विभिन्न आयामहरुमा सहभागिता गर्दै लैजाने मनसायका साथ गत भदौदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिवार यो अभियान संचालन हुँदै आएको छ । यो अभियानको सुरुवात बाग्मती सरसफाई महाअभियानका प्रणेता डा राजु अधिकारीज्यूको प्रमुख उपस्थितिमा नगरलाई विभिन्न कलष्टरमा विभाजन गरी यो अभियानको घोषणा गरिए बमोजिम अहिले विभिन्न तह र तप्कामा यो अभियान जारी रहेको छ । यसका विभिन्न आयामहरुलाई केलाउने र अभ्यास गर्ने क्रममा रहेका छौ ।
बर्दघाट बजार विकास समितिको अगुवाईमा कुहिने फोहर र नकुहिने फोहोर बर्गिकरणको अभियान नै चलेको छ । यसले राम्रो नतिजा दिईरहेको छ । यद्यपी यसलाई अझै गहिराईसम्म पुर्याउ उहाँहरु लागि रहनु भएको छ।

शिक्षा शाखाको अगुवाईमा  हाम्रो विद्यालयको सुन्दरता र सरसफाईका लागि हरेक दिन मेरो २ मिनेट अभियान चलिरहेको छ । यो अभियान अन्तर्गत जो कोहो व्यक्ति पनि विद्यालय परिसर भित्र छिर्दा अनिवार्य रुपमा २ मिनेट विद्यालयको सरसफाई र हरियाली प्रवर्धनमा जुट्नु पर्ने सर्कुलर भएको छ र सो अनुसार अभ्यास पनि गरिदै आईएको छ । स्वास्थ्य शाखाले समेत हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सबै स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाई अभियान संचालन गरेको छ । नगर सरसफाई र हरियाली प्रवर्धनलाई माउ अभियान (Mother Movement) मानेर बर्दघाटका १२ अभियानहरु घोषणा गरी ति अभियानहरुलाई बजेटरी सपोर्ट सहित आगामी आर्थिक वर्षमा प्रभावकारी र नतिजामुखीढंगले संचालन गरिने प्रवन्ध मिलाईएको छ ।
खासगरी वडा नं ४ ले २०७९।५।३१ गते देखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिवार निरन्तर रुपमा नगर सरसफाई र हरियाली प्रवर्धन कार्यक्रम संचालन गरिरहेको छ । यो कार्यक्रममा वडा सदस्यहरुको सक्रियता बढी रहेको छ । मलाई विश्वास छ । यो अभियानले एक दिन पक्का पनि नगर सरसफाईको क्षेत्रमा एउटा माइलस्टोनको काम गर्ने छ भन्ने विश्वास रहेको छ। हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह अनुसार काम हाम्रा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा सरसफाई अभियान संचालन गरिरहेका छन् ।
यसैगरी २०८०।०४।१७ गते बसेको कार्यपालिकाको वैठकले नगर सरसफाई र हरियाली प्रवर्धन अभियानकै अङ्गका रुपमा सबै सार्वजनिक पदाधिकारी र आम नागरिकल आफ्नो जन्मदिनमा र संघ संस्थे आफ्नो संस्थाको स्थापना दिवसमा रुख रोप्नुपर्ने निर्णय सबैलाई वृक्षारोपणका लागि आव्हान गरेको छ । अभियान संचालन भएको करिब एक वर्ष हुन लाग्यो तर जनप्रतिनिधिज्यूहरुले ठोस रुपमा स्वीकार गर्नुभयो यसलाई साच्चै आत्मसात गरेर जाने हो भने यसले नागरिकमा केहि ने केहि परिवर्तन अनुभूति अवश्य दिन्छ
अन्य स्थानीय सरकारले असल अभ्यासको रुपमा अंगिकार स्
देवदह नगरपालिकामा पनि विगतदेखि नै यो अभियान चलेको छ । बुटवल नगरपालिकाले पनि यो अभियान सुरु गरेको छ । तिलोत्तमा नगरपालिकामा यो अभियान सुरु हुँदै गर्दा बुटवलमा चल्ने बन्द हुने गरेको थियो हालैमात्र तिव्र गतिमा यो चलेको हुँदा बुटवलले सरसफाईमा फड्को मार्न सक्छ भन्ने अनुमान गर्न सकिने भएको छ । तिलोत्तमाले महिनाको दुईपटक मात्र संचालन गरेर सयौ श्रृखला मनाईरहँदासम्म बुटवल चीर निद्रामा नै । सो चिर निद्राबाट बुटवल विउझिएर सरसफाईको अभियानमा होमिएको हुँदा उक्त अभियानमा हामी सबैले एक्वद्वता जनाउनु पर्दछ । यसअर्थमा नगरप्रमुख लगायतको टिमलाई धन्यवाद पनि ज्ञापन गर्नुपर्दछ ।

निष्कर्ष :
नगर सरसफाई र हरियाली प्रवर्धन कुनै कार्यक्रम होइन । यो अभियान हो । अभियान भनेकै निरन्तर चलिरहेन, निरन्तर गरिरहने, समुदायका विभिन्न कामहरुलाई यससँग जोड्दै जाने, जोडिदै लैजाने अविराम काम हो । यो दिल र दिमागको संयोजन हो । यसले व्यक्ति र समाजमा रहेको घमण्ड, घामण र अभिमानलाई तोड्ने र झुक्न र निहुँरिन सिकाउने काम गर्दछ । आफूले सिन्को नभाँच्ने अरुलाई गाली गर्ने, केरा खाएर बाटोमा फाल्ने र सरकारलाई गाली गर्ने प्रवृतिलाई निरुत्साही गरी समाज रुपान्तरणको लागि अग्रसर हुन दायित्व वोध गराउने कामको थालनी हो । स्थानीय सरकारलाई सामाजिक रुपान्तरण गर्ने कामको प्रस्थान विन्दू हो । आफू परिवर्तन भएर संसार परिवर्तनको लागि आव्हान गर्ने पद्वति हो । यो अभियान त्यस्तो पुण्य काम हो । सारमा चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड हो यो अभियान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?