ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
विचार

मिठो सम्झना

२७ श्रावण २०८०, शनिबार ०६:०८
सोमबार, ०८ साउन २०८०

ए मेरि प्रीय,! खै कताबाट सुरु गरु ? जहाँ प्रतेक शब्द शब्द हरू प्रेमिल भाब बनेर यो गला मा अडकिन्छन । यो छाती चिरिन्छ । मुटु भकानिन्छ ।
अन्यायसै समुन्द्र को भेल जसरी आँखा बाट अश्रुधारा हरू बग्न थाल्छन,अनि तिमिलाइ सम्बोधन गर्ने कुनै शब्द नै पाउदिन । त्यसैले त कोरा कागज मा मात्र भए पनि मन मा आएका शब्दहरूलाई यी कोमल हात हरू ले प्रेम को कथा लेख्न अगाडि बढाइदिन्छन । अनि जानी नजानी भए पनि दुई चार अक्षर कोर्ने प्रयास गर्छु। हुन त सुन को अगाडि पित्तल को के महत्व हुन्छ र ? तिमी सुन बनिसकेउ, म भने अझै पनि पित्तल छु । तिमी हिमाल बनेउ म भने अझै पनि हिउँ छु, तिमी आकाश बनिसकेउ म भने अझै पनि जमिन छु ।

तिमी बादल बनेर माथी माथी उडिरहयौ, म भने पानी बनेर तल तल बगिरहे । आखिर फरक यत्ती त हो नि, तिमी अमुल्य बस्तु जस्तो महंगो बनेउ अनि म भने बजार को सस्तो मुल्य मा बिक्री हुने चिज जस्तो बने होइन र प्रीय ? प्रीय भनेर पनि कसरी सम्बोधन गरु ? माथी नै भनिसके तर बाध्य भएर केही शब्द कोर्दै छु । एक अर्का लाई प्रत्यक्ष रूप मा नदेखी नै माया बस्ने,कति अजिब रहेछ है यो माया भन्ने । जब भोगे अनि मात्र थाहा पाए जिन्दगीका अनगिन्ती यात्रा हरू मध्य सबैभन्दा कठिन यात्रा त यो माया को हुदो रहेछ । कसैलाई पागल बनाइदिएको छ यहि माया ले,कसैलाई सफल बनाइदिएको छ यहि मायाले, कसैलाइ कमजोर बनाइदिएको छ यहि माया ले, अनि कसैलाइ सहनसिल बनाइदिएको छ यहि मायाले । खै तिम्रो माया ले मलाइ सफल असफल के बनायो त्यो त म भन्न सक्दिन ।

मैले तिमिलाइ कति प्रेम गरे त्यसको जवाफ पनि म सग छैन तर प्रेम को नाम मा ‘प’ पनि नजानेको म तिमिलाइ निर्विरोध प्रेम गरिरहे । तिमिले मलाइ बुझेउ या बुझिनेउ त्यो पनि थाहा छैन तर मैले भने तिमिलाइ नबुझेर नै प्रेम गरिरहे । मैले तिमिलाइ प्रेम गर्नु मा कुनै स्वार्थ थिएन न त कुनै सर्त नै थियो । मैले त तिमिलाइ एक असल साथी अझ जिवन साथी को रूप मा प्रेम गरेको थिए। त्यो प्रेम मा कुनै स्वार्थ थिएन केवल आसा थियो त तिम्रो चोखो माया को मेरो हृदयको दृस्टी जहाँ सम्म पुग्छ म तिमिलाइ त्यहा सम्म देख्छु । तिम्रो सम्झना र मायालुपन लाई बर्णन गर्न नसक्दा आँखा बाट अश्रुधारा बग्न थाल्छन । जब नियाल्छु सरल मन तब तिमी कुमारी महारानी को को मुहार मुस्कुराइरहेको देख्छु । जहाँ जान्छु, जुन अवस्था मा रहन्छु, तिमिलाइ नै देख्छु। सोच त कति धेरै प्रेम गर्दो रहेछु । तिमिले बिछ्याइएका रहर हरू मा मेरा केही रहर मिसाउनु पनि त प्रेम नै होला होइन र ? तिमी हिडेका बाटा मा तिमी लाई पछ्याउनु पनि प्रेम भएर नै होला कहानेर थिएन र हाम्रो प्रेम त ? हाम्रो दिनहु हुने अनलाइन च्याट मा के प्रेम थिएन ? तिम्रो हसिलो मुहार बाट निस्कने रहस्यमय हासो मा रमाउनु के मेरो प्रेम थिएन र ? ।

तिम्रो सफलता लाई आफ्नै सफलता मानेर हिड्नु मेरो प्रेम नै थियो तिम्रो खिन्नता लाई आफ्नै छाती मा टासेर हिड्नु पनि प्रेम नै थियो । तिमिले प्रेम गरेका चिज लाई म पनि प्रेम गर्थे अनि तिमिले घृणा गरेका हरेक चिजलाई म पनि घृणा गर्थे । प्रकृति र इश्वर को सृष्टि तिमी,सुन्दर ब्यक्ति हरू को धनी तिमि,ती मिलेका दात खोलेर मुस्कुराउदा म मन्त्रमुग्ध बनेर हेरिरहन्थे। प्रेम मा त एउटा को अनुपस्तिथि ले याद लाई झन प्रगाढ बनाउदो रहेछ । फुलको राजा गुलाब भए झै तिमी त मेरो जीवन को रानी थियौ नि, तर यो प्रेममा तिमिले बहार बिछ्याइरहेउ, स्वर्ग र सपना को किरण छरेर छाडिदियौ ।

प्रीय, आजकल त मेरो आत्म को नदि निकै तिर्खाएको छ तिम्रै झझल्को मा हराएर दुनिया सग बेखबर भएको छु तिमिलाइ नसम्झेको कुनै क्षण छैन । त्यो आकास को बादल, घनघोर वर्षा, घामको उज्यालो, जुन तारा को सितलता, बिहानीतिर देखिने शीत को थोपा को माला, हिमाल र पहाडको लहर, धर्तीको हरियाली, फुलहरू को सुगन्ध अनि सुन्दरता जुनसुकै चिजहरू मेरो सामु आउँदा तिम्रै स्मरण को सौगात लिएर आउछन ।

प्रेम गित सुन्दा त यो मन ले अझ उग्रवामपन्थी को रूप लिन्छ । मन थाम्न सक्दिन। अनि तिम्रा मन मुटु भित्र सजिएका तस्बिर हरू हेर्ने गर्छु तर्बिर मै तस्बिर सग कुरा गर्ने गर्छु न त त्यो तस्बिर बोल्छ न त मेरो पीडा नै बुझ्छ। जहाँ जाउ तिमी नै तिमी, हेराइ मा तिमी, खोजाइ मा तिमी, रोजाइ मा तिमी, हासो आँसु गुनासो मा पनि तिमी, अनि हरेक पल धडकिने मुटु सम्म पनि तिमी नै तिमी!! आकास बाट झरेर जमिन मा पग्लिन पर्खिरहेका असिना का ढिका जसरी तिमी बाट छुटिएको म एक मुठी सास को धुकधुकी को अस्तित्व बोकेर यहि जमिन मा मिल्ने दिन गन्दै बसेको छु मैले तिम्रो सम्झनामा सच्चा प्रेमको आसु बगाएको छु,तर तिमिले मेरो भावनालाई कुल्चियौ त्यसैले सम्हाल्न सकिन छिया–छिया बनेको ह्रदयलाई प्रेम प्रप्तिको वियोगमा डुबेको छु प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म जलिरहेको छु,अनि उम्किनै नसकिने पहेलीको बीचमा जेलिएको छु त्यसैले त आज तिम्रो सम्झनाले मेरो मनमा एक किसिमको तरङ्ग पैदा हुन्छ । विगत सम्झन्छु , कल्पना गर्छु अनि मनमनै सोच्दछु तिम्रो त्यो सुन्दरतामा कति युवाहरू मक्ख पर्दा हुन् । कतिले त प्रेम प्रस्ताव पनि राखे होलान् । तिमी बिना बाँच्नै नसक्ने कसम पनि खाए होलान् । तर हजारौँ हजार प्रस्तावहरूलाई लत्याएर म जस्तो एक दुःखी अभागी र कर्मशिललाई स्विकार्नु तिम्रो महानता थियो ।

तिम्रो उदारताको म प्रशंसा गरी रहन सक्दिन।अहिले आफुले आफुलाई नै फकाउछु अनि मनमनै सोच्छु, यात्रा नहो जिन्दगी, भेटिनेहरू सबै संग सहयात्रा गर्न त कहाँ मिल्थ्यो र?कुनै न कुनै समय दोबाटोमा त पुग्नै पर्छ । तर कतिपय यस्ता मोडहरू हुँदारहेछन जहाँ नचाहेर पनि मोडिनु पर्दोरहेछ, अनि त नभएको ठाउँमा पनि सिर्जना हुन्छ दोबाटो, अनि पर्छ छुटिन । तर त्यहि छुटिनेहरूको सम्झनाले सताउँदोरैछ घरिघरि, त्यहि एक्लो बनाउनेहरूको माया लाग्दो रैछ सँधैभरि! सबै उहि अनि उस्तै छन् सबै दुरुस्तै छन् बस,, तिमी मात्र हरायौ त्यसैले,आज मेरो सम्झनामा केबल तिम्रा यादहरू हिडिरहेछन, बसिरहेछन अनि बोलिरहेछन.. बल्दाबल्दै मैनवत्ती सकिएजस्तै, चुहिने गाग्रीको पानी तप्प तप्प गर्दै चुहिएर सकिएजस्तै तिम्रा सबै यादहरू सकिए हुन्थ्यो । घरीघरी मुटु दुखाउने तिम्रो याद नआए हुन्थ्यो पलपल मेरो समयलाइ नसताए हुन्थ्यो तर चोखो मायाका यादहरू किन यसरी विलाउथे र प्रीय ?

हाम्रो छुट्टै मायाको देशमा सुन्दर र महवपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौ । बँगैंचामा घण्टौ बिताएका थियौं । अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो र म रक्तिम गुलाफको झाङ्गमुनि ढलेथें । तिमीलाई पनि त्यस्तै भएको थियो र मेरो समिपमा ढलेका थियौ । ती मुटुहरूले हामी दुवैको सामिप्यता चाहेका थिए । पुष्पपत्रहरू वर्षिएर हामी पुरिएका थियौं ।
सातवटा रङ्गहरू घुलेर एक भएपछि प्रेमको रङ्ग बन्दो रहेछ । विश्वका सात आश्चर्यको सङ्गम पनि पनि यही रङ्गभित्र रहेछ । तिमीले यो कस्तो मोहनी लगायौ ? कति मीठो । कति श्रद्धेय । मेरो मनले चाहेको मोहनी । हामी दुईलाई एक बनाउने मोहनी लगायौ ।
मलाई त मायाको किनारै किनारमा स्मृतिका पत्रहरू छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ ।

आज बढो हिम्मतसाथ यी शब्द कोर्दै छु।थाहा छैन अब तिम्रो र मेरो भेट होला नहोला । भेट नभए यसै सकियो । थाहा छैन, तिमीसम्म पु¥याउने हिम्मत जुटाउन सक्छु कि सक्दिन ? तिम्रो जीवनमा सायद बितेको पाना हुँ म । तर, मेरो जीवनमा सधैं याद बनी आउने मीठो सम्झना हौ तिमी । थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद विना कुरामा झगडा मात्र गर्छु । तर, जे छु, जस्तो छु, तिम्रोसामु छु । त्यसैले त होला, तिमीसँग नजिक छु । जति नै भावनामा बहकिए पनि जीवन जिउन त आफ्नो वास्तविकता र धरातलमै फर्किनुपर्ने रहेछ, त्यसैले त जसोतसो फेरि जिउन सिक्दैछु तिम्रा यादहरूले दिएका पीडाहरू ब्यहोर्दै भएपनि । अरू त खै के भनूँ प्रिय, जिन्दगी फलोस्, सुखी रहनू, खुसी हुनू, अनि कुनै चिन्ता नगर्नू, तिमीप्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन । मैले तिमी, तिम्रा सम्झनाहरू र स्पर्शहरू रत्तिभर बिर्सिको छैन । अनि खाएका कसम र गरेका वाचाहरू पनि तोडेको छैन, कमसेकम तिमीले तोडे पनि । अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै ।

तिमीले बिर्सिए पनि मैले त मुटुभरि संगालेर राखेको छु, हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरू । बरु कुनै दिन आवश्यक परे माग्नु साथ सहयोग अनि अतितका सम्झनाहरू, विनाधितो, विनाशुल्क दिउँला जति माग्छ्यौ त्यति नै । बरु आफ्नो ख्याल गर, तिम्रीप्रतिको मेरो प्रेम त तामाकोशी झै निश्चल, अविरल बगिरहेकै छ, गौरीशंकर झै अटल छ अनि बुकेनीमा बसन्तमा बुकी फुलेझै बाह्रैमास फुलिरहेको छ । किनकि म पनि शिशिर योगी झैं भन्छु ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ तर सिउँदो पनि भर्न पाए, सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो ।
(हालः मोदि ५ बाजुङ पर्बत)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?