ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कृषि

मान्छे–बाँदरको धपाउने चक्र

२८ श्रावण २०८०, आईतवार ०५:३०
सोमबार, ०८ साउन २०८०

पाल्पा, २८ साउन ।  डाँडा डाँडाको पाहारिलो ठाउँ उत्तरतिर सेताम्मे हिउँको बर्को ओढेर उठिरहेको हिमाल देखिने ठाउँ हो तिन पिप्ले । भिरालो भिरालो त कतै सम्मो परेका ठूला ठूला बारीका पाटाहरूमा प्रशस्त मात्रामा अन्नका वालीहरू झुलिरेहेका, सिमी बोडी, लहरिएका कागती सुन्तलाहरू । तिनै जमिनको किनारामा तीन तर्फ फैलिएका वरण्डाहरू सहितका घरहरू एक दशक अगाडिसम्म मिश्रीत समाज रहेको बस्ती देख्दा बाहिरबाट जानेहरू सबै लालाहित हुन्थे । अहिले त्यो गाउँको चलहपहल एकादेशको कथा बन्दै गएको छ ।
साविकको मदनपोखरा गाविसको १ हालको तानसेन नगरको ९ लाई एक दशक अगाडिसम्म सडक संजालले जोड्न नसके पनि अत्यन्तै रमाइलो बस्तीका अधिकांश घरहरू आज विगतको इतिहासको साक्षी मात्र भएका छन । सुन्तला लिच्ची, सिमी बोडी फल्ने उर्वरभूमी जंगलमा परिणत भएको छ ।

पछिल्ला दिनहरूमा खेप्नै नसक्ने गरी बाँदरले सताउन लागेपछि बस्ती नै छाडेर अन्यत्र बिस्थापित हुन परेको स्थानीयहरूको गुनासो छ । बारीमा लगाएको अन्न बाली फलफूल, कन्दमुल, बाँदर बँदेल दुम्सी जस्ता वन्यजन्तुले वाली स्याहार्नै नपर्ने गरी नोक्सान गरेपछि एउटै टोलबाट २० भन्दा बढि परिवार बिस्थापित भएको इन्द्र बहादुर पचभैया बताउँछन । दिउँसोमा ठूलो सख्यामा बाँदर रातीमा बँदेल, मृग दुम्सी जस्ता वन्य जन्तुले वाली नै नोक्सान गरेपछि ८० भन्दा बढि खेतियोग्य जमिन बाँझो रहेको उनले बताए ।

पछिल्लो समयमा वन्यजन्तुका कारण गाउँ नै छाड्नु पर्ने समस्या यहाँको मात्र होइन माथागढी गाउँपालिका चिँदीपानीकी बुद्धीमता नेपाली भन्छिन् बारीको अन्न, फलफूल तरकारी जस्ता त सक्यो सक्यो घर भित्र पकाएर राखेको खाना र अन्नहरू समेत सुरक्षित हुँदैन । यस्तो भएपछि गाउँ भनेर बस्न व्यर्थ नै भयो । हुने खानेले त पहिले नै गाउँ छाडेका छन् । हँुदा खानेले जसोतसो गाउँ कुरेका छन अब बादरले उठिबास लगायो । स्थानीय कोश बहादुर राना बताउँछन ।

पहिले पहिले गाउँमा बस्ती बाक्लो थियो बाँदरहरू वनमा मात्र सीमित थिए । वन्य जन्तु धपाउनको लागि बन्दुकहरू टोल टोलमा थिए त्यसले पनि वन्य जन्तु नियन्त्रण भएका थिए । अहिले बारीमा ५० देखि २०० सम्मका एउटा बथान हुन्छ, एउटा बथानले १० रोपनीमा लगाएको अन्न वाली १० मिनेट मै सखाप बनाउँछ । बाँदरको कति बथान छ भन्ने थाहा छैन काली गण्डकी नदीमा पौडीएर वारी आउँछ । महिला तथा बाल बालिकालाई आक्रमण गर्ने प्रयत्न गर्दा सातो नै जान्छ । यसै क्रमले पनि यहाँबाट फाँटमा बसाइँ सर्ने क्रम बढेको पूर्वखोला छाप्दीकी जमुना खनाल बताउँछिन । गाउँमा बस्ती नै छैन भन्न त भएन तर पहिलेको तुलनामा ९० प्रतिशत कम भएको उनले बताइन ।

खेतियोग्य जमिन आफ्नो बाबु बाजेको थाल थलोलाई एका एक छाडन त रहर नै होइन बाध्यता हो । गाउमा खेतीकिसानी गरेर बस्न बेग्लै आनन्द आउछ २, ४ पैसा कमाउन बलियो माध्यम भए पनि कृषि उपज दु.ख गरेर लगायो । स्याहार्ने समयमा क्षण भरमा नै कता बाट, कहिले हुल बाधेर आउँछ थाहा हुँदैन यस्तो भएपछि खेति गर्न कसलाई रहर हुन्छ र ? भन्दछिन बराङदीकी स्थानीय कमला घिमिरे ।
वन्य जन्तु नियन्त्रण तर्फ सरकारले समय मै नीति र कार्यक्रमहरू ल्याउनु पर्दछ । यही अवस्था कायम रहेका गाउघरहरू सुनसान हुनेछन । स्थानिय, प्रदेश तथा संघिय सरकारले विद्युत, खानेपानी, सडक, स्वस्थ्य, शिक्षा जस्ता क्षेत्रमा ग्रामिण योजना लागु गरेको छ । सरकारको लगानी भए पनि वन्य जन्तु नियन्त्रण हुन नसके सरकारको गाउघरमा गरेको लगानी बालुवामा पानी जस्तै हुने स्थानयि कृषक कृष्ण प्रसाद भुषाल बताउँछन । गाउँमा सरकारकोलगानी बढदो छ तर पनि वन्य जन्तुका कारण गाउ घर छोडनेको सख्या पनि उत्तिकै छ । रैनादेवी छहरा गाउँपालिका छहराकी खेम कुमारी घर्ती पनि ५ रोपनी क्षेत्रफलको जग्गामा लगाएको मकै सखापै बनाएपछि पुरानो थलो छाडेर जान बाध्य भएको बताउँछिन ।

तीन तलाको वरण्डा सहितको घर छाडेर तानसेनमा एउटा कोठामा सीमित हुन परेकोमा आफू मानसिक रूपमा अस्वस्थ्य भएको बताउने तिनाउ गाउँपालिका कोलडाँडाकी बाल कुमारी राना भन्दछिन वँदेलले उठिबास नै लगायो । पछिल्लो समयमा बाँदरका कारण तानसेन बजार, कसेनीको सराई, रुप्सेको खहरे मदनपोखराको दमकडा, रामपुरको रामपुर बजारमा बसाई सरेर बसोबास गर्नेको संख्या दिनप्रति दिन बढदै गएको स्थानीय सरकारका प्रमुखहरू बताउँछन ।

स्थानीय सरकारले कृषिमा ठुलो लगानी गरेको लगानीको राम्रो प्रतिफल आउन नसक्नु भनेको वन्य जन्तुको समस्या हो । सरकारले वन्य जन्तुलाई नियन्त्रणमा नल्याए गाउँ रित्तिने विषयमा दुईमत नभएको रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराई बताउँछन । कृषिमा यान्त्रिकरण आधुनिकीकरण, उन्नत जातको बिउ बिजन देखि गाउँगाउँमा संकलन केन्द्र स्थापना भएका छन । आलु, मुला, तरुल, बोडी सिमी जस्ता तरकारीका खेतिहरू गर्न नै नपर्ने भएको छ । कृषकले दुःख गरेर लगाएको अन्न वाली निमेस भर मै वन्यजन्तुले सखापै बनाए पछि कृषकको मन नै खुम्चिएको छ । यस्ता वन्य जन्तुु नियन्त्रणका लागि सरकारले नीति नियम नबनाए केही वर्ष मै उर्वर भूमि जंगलमा परिणत हुने रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?