ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कृषि

विदेशबाट फर्किएका युवा कृषिमा रमाउँदै

२७ श्रावण २०८०, शनिबार १९:२९
सोमबार, ०८ साउन २०८०

नवलपुर, २७ साउन ।

वैदेशिक रोजगारीबाट राम्रो कमाउन विदेशिएका युवाहरु अहिले स्वदेश फर्केर कृषि पेशामा रमाउन थालेका छन् । पुर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरु पछिल्लो समय स्वदेशमा नै विदेशको जस्तै परिश्रम गर्ने हो भने सुन फलाउन सकिन्छ भन्ने जोश र जाँगर बोकेर गाईपालन, कुखुरापालन, ब्यापार ब्यवसाय तथा अन्य कृषिमुखी ब्यवसायमा रमाउन थालेका छन् ।

पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बिरुवामा ५० र सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै व्यावसायिक रुपमा कागती खेतीलाई अगाडि बढाउन गत वर्षदेखि सुनकागती लगाउन सुरु गरेका हुन् ।
परियोजनामार्फत पिभिसी ट्याङ्की, ट्याङ्की स्यान्ड, मोटर, पाइपलाइन विस्तार, सुनकागती–१ को ‘ग्राफ्टेड’ बिरुवा, घरेलु झोल मल निर्माण लगायतमा अनुदान प्राप्त भएको उनले बताए ।

थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिन सक्ने भएपछि जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागती खेतीतर्फ आकर्षित भएको उनले बताए । उनले भने, “अहिले १७ कट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् ।”

गोछडाटारकै ४८ वर्षीय प्रेमराज ढुङ्गानाले अहिले धान बाली लगाउन छाडेर कागती खेती सुरु गरेका छन् । उनले परियोजनाको ५० प्रतिशत अनुदानमा एक सय ५० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमा खेती सुरु गरेका हुन् । ढुङ्गानाले भने, “धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ ।”

जिल्लामा यस वर्ष ५० नयाँ किसानले कागती खेती सुरु गरेका छन् । नर्सरीबाट तयार भएका २५ हजार सुन्तला र कागतीका बिरुवा यस वर्ष किसानलाई बिक्री गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको बुलिङटार, बौदिकाली र हुप्सेकोटको वडा नं. ५ तथा नगरपालिकामा गैँडाकोट–१८, देवचुली–६, मध्यविन्दु–८ र १५ मा ‘सुन्तला र फलफूल जोन कार्यक्रम’ सुरु भएको कृषि अधिकृत शर्माले जानकारी दिएका छन् । “परियोजना सुरु हुनुपूर्व जिल्लामा तीन सय ३१ हेक्टरमा सुन्तला र कागतीको खेती हुँदै आएको थियो”–कृषि अधिकृत शर्माले भने, “अहिले आठ सय १८ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” यस वर्ष मात्रै जिल्लामा सुन्तला र कागतीको खेती ६० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

यस वर्ष ६० हेक्टरमध्ये ३३ हेक्टर क्षेत्रफलमा सुन्तला र २७ हेक्टरमा कागती खेती विस्तार भएको छ भने ५० जना नयाँ किसान व्यावसायिक खेतीमा जोडिएका छन् । गैँडाकोट–१८ मा किसानले चक्लाबन्दी गरेर एउटै ब्लकमा १० हजार तीन सय बिरुवा लगाएका छन् । जिल्लामा ३३ कृषक समूह, पाँच कृषक सहकारी र ३० उद्यमी गरेर ६८ संस्था कागती खेतीमा आबद्ध छन् भने दुई हजार दुई सय ९७ घरधुरी यस खेतीमा संलग्न रहेका उनले जानकारी दिए ।

परियोजना अन्तर्गत जिल्लामा अहिलेसम्म तरकारी, फलफूल र कागती खेतीमा गरी एक सय २१ समूह, ११ कृषक, ८० उद्यमी आवद्ध छन् भने छ हजार १८ घरधुरी संलग्न रहेका छन् । सिँचाइमा ८५, बीउ, बिरुवामा ५० र मेसिनरी औजारमा ८५ प्रतिशत अनुदान किसानलाई दिँदै आएको परियोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?