ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कृषि

तरकारीको ‘हब’ सल्यान, यसरी चल्यो लहर

२५ श्रावण २०८०, बिहीबार ०६:५८
सोमबार, ०८ साउन २०८०

सल्यान, २५ साउन ।

कृषिजन्य वस्तु उत्पादनका लागि सल्यान उपयुक्त जिल्ला हो । कर्णाली प्रदेश अन्तर्गत रहेको यहाँका दशवटै पालिकामा प्रमुख खाद्य बाली धान, मकै, कोदो देखि ताजा तरकारी र फलफुल, अदुवा लगायत विभिन्न जडिबुटी पनि उत्पादन हुने गर्दछ । पछिल्लो समय सल्यान जिल्ला ताजा तरकारी र फलफुल खेतीबाट पनि परिचित हुँदै गएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरु समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतिका लागि लगानी गरिरहेका छन् ।

बिगत चार वर्षको अवधिमा मात्रै सल्यानबाट ७३ करोड बढीको ताजा तरकारी निकासी भएको छ । जिल्लामा सबैभन्दा बढी कपुरकोट क्षेत्रबाट तरकारी निकासी हँुदै आएको छ । कृषि विकास कार्यालय सल्यानको रेकर्ड अनुसार आर्थिक वर्ष २०७६।०७७ मा ६ करोड २६ लाख ९२ हजार रुपैयाँ तरकारी निकासीबाट आम्दानी भएकोमा आर्थिक वर्ष २०७७।०७८ मा २० करोड ५२ लाख रुपैयाँको तरकारी जिल्लाबाट निकासी भएको देखिन्छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार सल्यानबाट आर्थिक वर्ष २०७८।०७९ मा २४ करोड ३ लाख २८ हजार र २०७९।०८० मा २२ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको हो । चार आर्थिक वर्षमा २२ हजार ५७६ मेट्रिक टन ताजा तरकारी निकासीबाट ७३ करोड ८ लाख ६० हजार रुपैयाँ किसानहरुले आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

बेमौसमी तरकारी खेतिका लागि सल्यानको कपुरकोट गाउँपालिका देशमै प्रख्यात छ । त्रिवेणी, सिछकुमाख गाउँपालिका तथा बागचौर, बनगाड, शारदा नगरपालिका र अन्य पालिकामा पनि किसानहरुले मौसम अनुसारका तरकारी र फलफुल खेती गर्छन् । कपुरकोट क्षेत्रबाट मात्रै एक सिजनमा करिव पाँच हजार मेट्रिक टन तरकारी जिल्ला वाहिर निर्यात हुने गर्दछ । सल्यानका किसानहरुले विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् ।

समुन्द्री सतहबाट १२ सय मिटरदेखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारीमा किसानहरुले वेमौसमी ताजा तरकारी तथा फलफुल उत्पादन गर्दै आइरहेका छन् । कपुरकोटमा हप्ताको दुई दिन तरकारी हाटबजार लाग्ने गर्दछ । यो तरकारी बजार देशकै ठूला तरकारी बजार मध्ये पर्दछ । कपुरकोटको तरकारी बजारमा हजारौँ किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्री गर्ने गर्दछन् । यो बजारका अलावा अन्य स्थानमा पनि सहायक तरकारी बजार लाग्ने गर्दछन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडक निर्माण भएपश्चात व्यापारीहरु किसानको खेतबारी सम्म नै पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कृषि सडकले कृषिजन्य वस्तु बजार सम्म पुर्याउन र आवश्यक सामग्री गाउँसम्म लैजान पनि किसानलाई सजिलो बनाइदिएको छ ।

कसरी सुरु भयो तरकारीको लहर ?

वि.सं. २०४२÷०४३ सालमा स्थापना भएको राप्ती एकीकृत ग्रामीण विकास परियोजनाले साविक राप्तीका पाँचै जिल्लामा गरेको अनुसन्धानबाट सल्यान जिल्लाको कपुरकोट क्षेत्रमा वेमौसमी तरकारी खेती गर्न सकिने उपयुक्त स्थान भएको ठानेर त्यसपरियोजनाले यस क्षेत्रमा भीएफसी कार्यक्रम लागु गरी सुरु ग¥यो । कृषि उपज बजार केन्द्रका अनुसार उक्त कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर वेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धी आधुनिक खेती प्रणालीको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांँड्ने, रोगनाशक किटनाशक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।

यसरी बढदै गएको कृषि उपज बजारलाई अझ व्यवस्थित बनाउने उद्देश्यका साथ २०४७ सालमा हिमाली वेमौसमी ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरी एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रसाद शर्मालाई चयन गरियो । तत्पश्चात उक्त समिति, भीएफसी, जिल्ल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानीय निकाय एवंम् आम जनसमुदायहरुबाट यस कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यबस्थापन गरिएको थियो । र यस क्षेत्रका किसानहरुले वेमौसमी तरकारी एवम् फलफुल खेती शुरु गरेको पाइन्छ । शुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो ।

कपुरकोटमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार गरी २ पटक बजार लाग्ने गर्दछ । सुरुसुरुमा भने प्रत्येक शनिबार लाग्ने गरेता पनि वि.सं. २०४८ साल देखि तत्कालीन जिल्ल्ला विकास समितिले आफ्नो मातहतको जग्गा यस समितिलाई चलन गर्न हस्तान्तरण गरे पछि केही व्यवस्थित बनेको थियो । सुरुका वर्षहरुमा सल्यानबाट संकलित तरकारीको झण्डै ६० देखि ६५ प्रतिशत बुटल बजारमा बिक्री हुने गरेको र त्यहाँको बजार बुधबार र शनिबार लाग्ने गरेकोले उक्त बजारमा बिक्रीको लागि यहाँ मंगलबार र शुक्रबार तरकारी बजार लगाउने गरिएको हो ।

कृषि पर्यटनको प्रवद्र्धन आवश्यक

कपुरकोटको तरकारी जति खानलाई स्वादिष्ट र स्वास्थ्यका लागि हितकर छ, त्यति नै तरकारी उत्पादन हुने क्षेत्रको भ्रमण गर्नुको मजा पनि छ । उत्तरतिर हिमश्रृंखला र तलतिर एशियाकै ठूलो उपत्यका हेर्न सकिने समेत भूमि रहेको कपुरकोट क्षेत्रमा जो कोहीको पनि मन रुमलिन सक्छ । यहाँको हावापानीदेखि प्राकृतिक सौन्दर्यता र स्थानीयहरुको पाहुना वा अतीथीहरुलाइ स्वागत गर्ने चलनले जसको पनि मन दङ्ग पर्न सक्छ ।

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारी फल्छ । विषादीको प्रयोग विना पनि यहाँ तरकारी फस्टाउँछ । जव चैत वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारीको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभलाग्दो तरिकाले मंसिर, पुस सम्म नै लटरम्म तरकारी र फलफुल उत्पादन हुने गर्छ । यसैले तान्छ सबैकोे मन । चाहे ज्युलाको खेत चाहे पाखाबारी, जताततै लटरम्म तरकारी र फलफुल फस्टाएको हुन्छ । पहिले कालापहाड जानेहरु खेतबारीमै रमाएको देख्न सकिन्छ, विदेशिनेहरुको यात्रा स्थगीत भएर आफ्नै खेतबारीमा परिश्रम पोखिन्छ र त्यही परिश्रमबाट आर्जन भएको रकमले छोराछोरीले सहज तरिकाले पढ्न लेख्न पाइरहेका छन् ।

तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुगेको छ । यहांँको तरकारी खेतीले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा यस कपुरकोट क्षेत्रलाई चिनाएको छ । पर्यटकीय हिसावले महत्वपूर्ण र सम्भावना बोकेको सल्यानमा पर्यटकहरु आउन सक्ने थुप्रै आधारहरु छन् । उत्तरतिर हिमाल र तराइको समथर फाँटहरु पनि एकै स्थानबाट देख्न सकिने कपुरकोट क्षेत्र प्राकृतिक सौन्दर्यताले पनि महत्वपूर्ण छ । लटरम्म तरकारी फलेका खेतबारी, हरेक मानिस कृषि कर्ममा सक्रिय भएको दृश्य साँंिच्ीकै हेर्न लायक देखिन्छ । अझ यहाँ होमस्टे संचालन गरेर पाहुनाहरुलाई यहींकै अर्गानिक तरकारी र फलफुलहरुको स्वाद दिलाउन सक्ने हो भने विभिन्न ठाउँबाट पर्यटकहरु भित्रिन सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?