ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कृषि

पाल्पामा दुई हजार पशुचौपायमा लम्पी विरुद्ध खोप

१९ श्रावण २०८०, शुक्रबार ०६:०५
सोमबार, ०८ साउन २०८०

पाल्पा, १९ साउन ।  व्यबसायिक पशुपालनमा लागेका व्यवसायीहरू लम्की स्किन रोगबाट छटपटाइ रहेको अवस्थामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले पशुचौपायाहरूमा खोप लगाउन थालेको छ । पाल्पामा २०७९ फागुन महिना देखी हाल सम्म लम्की स्किन रोग बाट करीव ६ हजार ५ सय पशु चौपायाहरू विरामी भएका छन भने करीव ३ सय पशुहरूको मृत्यु भईसकेको छ ।

पहिलो चरणमा कार्यालयले दुई हजार गाई भैसी, गोरु रागाहरूमा यो खोप लगाउदै आएको छ । कार्यालयले स्थानीयतहका पशु शाखा कार्यालय मार्फत पशु प्राविधिकहरूको सहयोगमा उन्नत जातका गाई, भैसीहरूमा खोप लगाउँदै आएकोे पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालले बताए । पाल्पामा लम्की स्किन विरुद्धको खोप बढी मात्रामा माग गरेपनि देशभरी वितरण गर्नुपर्ने अवस्था रहेकोले अर्काे चरणमा आवश्यक मात्रामा खोप आउने कार्यालय प्रमुख खनालले बताए ।

पाल्पामा अहिले लम्की स्किन रोग पूर्ण रूपमा नियन्त्रण आएको भएपनि भोलीका दिनमा महामारीको रूपमा फैलिन नपाओस भनी खोप अभियान लाई तिव्रता दिएको कार्यालयका पशु चिकित्सक डा. नविन बस्यालले बताए । पाल्पामा स्थानीय गाई गोरु बाट व्यबसायिक फार्मका उन्नत जाताका गाईहरूमा सक्रमण फैलिएको थियो । पाल्पामा सबै पशुचौपायामाको लागी करीव ३० हजार खोपको आवश्यकता पर्ने पशु चिकित्सक डा. बस्यालले बताए ।

पाल्पामा लम्की स्किन रोग पहिलो पटक देखा परेको हो । यो रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार छैन् । यो रोगका लक्षणहरू साधारण र हल्का रूपदेखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरूमा यो रोग कडारूपमा लाग्दछ भने वयस्क पशुहरूमा साधारण लक्षणहरू देखिन्छ । रोगी पशुहरूमा ज्वरो १०४ – १०५ डिग्री फरेनहाईटसम्म आउने, घास नखाने र झोक्राउने लक्षण देखिन्छ । त्यसको २–३ दिनमा पशुको शरीरभरी नै छालामा गिर्खा र गाँठाहरू देखिन सुरु गर्ने पिप जम्मा भएर घाउ बन्ने, भित्री अङ्गहरू पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया समेत हुने पशु चिकित्सक डा. बस्यालले बताए । यो रोग लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरू बाट एक पशु बाट अर्काे पशुमा सार्ने गर्छन् । पाल्पामा २०७९ श्रावण देखी २०८० असार सम्म ५२ हजार ८ सय ७२ मेट्रिक टन दुध र १० हजार ३ सय ३१ मेट्रिक टन मासु उत्पादन भएको छ । दुध र मासुमा गत बर्ष भन्दा केही रूपमा उत्पादन बृद्धि भएको छ । गत बर्ष ५२ हजार ५ सय ९८ दुध र १० हजार १ सय ६७ मेट्रिक टन मासु उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?