ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कृषि

सल्यानले बेच्यो १० लाख किलो जडीबुटी

२६ श्रावण २०८०, शुक्रबार ०५:४०
सोमबार, ०८ साउन २०८०

सल्यान, २६ साउन । सल्यानबाट एक वर्षको अवधिमा नौ लाख ८७ हजार ९७ किलो जडिबुटि निकासी भएको छ । राष्ट्रिय वनबाट संकलन भएको चार लाख ४१ हजार १०५ किलो र निजी आवादीबाट संकलन भएको पाँच लाख ४५ हजार ९९२ किलो जडिबुटी जिल्ला निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सल्यानबाट निजी आवादी तथा राष्ट्रिय वनबाट विभिन्न प्रजातिका जडिबुटी संकलन गरी निर्यात गर्दा २२ लाख ४८ हजार ५० रूपैयाँ राजस्व प्राप्त भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी विजय पुलामीले जानकारी दिए । जिल्लाबाट सबैभन्दा बढी रिठा निकासी भएको छ । राष्ट्रिय वनबाट दुई लाख ५० हजार किलो र निजी आवादीबाट तीन लाख ६० हजार ३०० किलो गरेर ६ लाख १० हजार ३०० किलो निर्यात भएको सूचना अधिकारी पुलामीले बताए ।
गत वर्ष सल्यानबाट टिमुर राष्ट्रिय वनबाट ९१ हजार किलो र जिनी आवादीबाट एक लाख ५५ हजार २७ किलो निकासी भएको छ भने तेजपात राष्ट्रिय वनबाट ८५ हजार किलो र निजी आवादीबाट ३० हजार ६६५ किलो निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाबाट घोडताप्रे, तिगेडी, अमला, चुथ्राको डाँठ र बोक्रा, काउलोको बोक्रा, गोकुलधुप, पाखनवेद लगायतका जडिबुटी संकलन र निकासी हुने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सल्यानबाट ६ लाख ७५ हजार ८९ किलो जडिबुटी निकासी भएको थियो भने आ.व. २०७७/०७८ मा सात लाख ७५ हजार १७४ किलो र आ.व. २०७६।०७७ मा ६ लाख ३१ हजार ८०० किलो जडिबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा छत्रेश्वरी गाउँपालिका, शारदा, बनगाड कुपिण्डे नगरपालिका लगाएतका क्षेत्रबाट सबैभन्दा बढी टिमुर संकलन र निकासी हुने गरेको छ भने त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाबाट अन्यत्रको तुलनामा बढी रिठा संकलन हुनेगरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिका, कुमाख, दार्मा लगाएतका क्षेत्रबाट चुथ्राको बोक्रा र कालिमाटी, त्रिवेणी, कपुरकोट गाउँपालिका लगाएतको क्षेत्रबाट तेजपात संकलन हुनेगरेको कार्यालयले जनाएको छ ।

जडिबुटी खेतीका लागि प्रचूर सम्भावना रहेको सल्यानमा यसको खेती विस्तारका लागि डिभिजन वन कार्यालय संगै वनस्पति अनुसन्धान केन्द्र मुलपानीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विभिन्न जडिबुटी तथा वनस्पतिका विरुवा उत्पादन तथा वितरण, वृक्षारोपण अभियान, खेती विस्तारका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?