ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
संस्कृति

पञ्चे बाजा संरक्षण गर्दै महिलाहरु

२३ श्रावण २०८०, मंगलवार १४:२८
सोमबार, ०८ साउन २०८०

दाङ, २३ साउन ।

कतिपय स्थानमा पञ्चे बाजालाई कुनै ठूलो कार्य गर्दा साईतको महत्वका रुपमा पनि लिने गरेको पाइन्छ । त्यस्ता साईतहरूमा खासगरी मङ्गल धुन बजाएर साईतलाई शुभ बनाउने चलन पनि रहेको छ । मङ्गल धुन बजाउनका लागि पञ्चे बाजा सबैभन्दा प्रचलित बाजा मानिन्छ ।

पञ्चे बाजा अर्थात भौगोलिक स्थान अनुसार पञ्चबाजा, पञ्चेबाजा पनि भनिन्छ । यो समग्रमा पाँच बाजाहरूको समूह पनि हो । पञ्चे बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाईन्छ । पञ्चे बाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो । खासगरी यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा–आजा आदिमा बजाईने पञ्चै बाजाको आफ्नै मौलिकता र महत्व रहेको छ ।

गाउँघरमा हुने विवाह, सभा, समारोह, पूजाआजा, उत्सव, सामाजिक कामका समयमा पञ्चेै बाजा बजाउने गरिन्थ्यो । पछिल्ला वर्षहरुमा आधुनिक उपकरणको प्रयोग बढ्दा पनि मौलिकता बोकेको पञ्चे बाजाको प्रयोगमा पहिलेभन्दा कमी आएको हुन सक्ने धेरैले अड्कल काट्छन् ।

बदलिँदो परिवेश अनुसार, मानिस आधुनिकतामा प्रवेश गर्दा मौलिकपनलाई कमजोर बनाएको पाईन्छ । समय बदलिएसँगै मानिसको जीवनशैली फेरिदैँ जान थालेपछि पञ्चे बाजाको महत्व केही वर्षयता कमजोर बनेको थियो । नयाँ पुस्ताले सीप र कला नसिक्दा र पहिलेका बुढापाकाहरुले बजाउन छाडेपछि परम्परा नै लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय नेपाली कला संस्कृति बचाउनुपर्छ, यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर महिलाहरु समूह बनाएर पञ्चे बाजा बजाउन र संरक्षण गर्न जुटेका छन् । कुनै समय दलित समुदायले मात्र पञ्चे बाजा बजाउने गरेकोमा हाल आएर अन्य समुदायले बजाउन थालेका छन् ।
गाउँघरमा हुने सबै खालमा सामाजिक काम, उत्सव, समारोहमा पञ्चेबाजा बजाउने काममा महिला समुहले धान्ने गरेका छन् । यसरी गाउँघरमा मात्रै नभई विभिन्न ठाउँमा पुगेर व्यावसायिक रुपमा पञ्चेबाजा घन्काउने काममा लागेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मझुवाका महिलाहरु । मझुवा टोलका ३० जना महिलाहरुको पहिलेको दैनिकी घरमा यत्तिकै बसेर जान्थ्यो । समय खेर गएको महसुस गरेर उनीहरुले केही गर्नुपर्छ भन्ठानेर थोरै थोरै वचत गर्ने काममा लागे । समाजमा केही नयाँ काम गरेर देखाउनुपर्छ भन्ने निधो गरेपछि केही समय यता उनीहरु औपचारिक रुपमा पञ्चेैबाजा बजाउन सिकेर आफै बजाउन सक्ने भएका छन् । उनीहरुले पञ्चे बाजाका साथै सामाजिक काम, उत्सव, समारोहमा चाहिने सबै खालका सामग्री पनि जुटाएका छन् । उनीहरुले गरेको काम अहिले बिस्तार हुँदै गएको छ ।

सोही समूहकी अध्यक्ष कस्तुरा खड्काले भनिन्, ‘पहिले त केही काम गर्दैनथ्यौँ, केही गरौँ भनेर समुह बनाएका छौँ । अहिले हामीले पञ्चेबाजा बजाउन सिकेका छौँ । पाँच तालका बाजा बजाउँछौँ ।’ ‘भेटघाट, विवाह, बिरह जुनसुकै काममा पनि बजाउँछौँ ।’ गाउँघरमा पञ्चे बाजाको अभाव खड्किएपछि आफु अघि सरेको कस्तुरा बताउँछिन् । ‘वरपर जाँदा पञ्चेै बाजाको धुनले मन जितेको थियो । समूहमा पनि सबै साथीहरुले यही गरौँ भन्ने कुरा आएपछि हामीले आवश्यक ठानेर हात हालेका हौँ ।

एक जना प्रशिक्षक आफैले राखेर निकै मेहनतका साथ पञ्चे बाजा बजाउन सिकेका हौं । ‘पञ्चेबाजा किनौं भनेर कुरा आएपछि बाजा किन्यौं । सिक्न एक जना प्रशिक्षक राख्यौँ । अनि मात्रै बजाउन सिकेका हौ’ कस्तुराले भनिन्, ‘समूहमा ३० जना दिदीबहिनी भएपनि शुरुवातमा ८ जनाले बाजा बजाउन सिकेका छौँ । अब अरु साथीलाई सिकाउँदै छौँ ।’

कुनै काम कुनै व्यक्ति वा समुदायले मात्रै गर्नुपर्छ भन्ने छैन । सीप भन्ने कुरा जसले सिके पनि हुन्छ । जसले प्रयोग गरे पनि हुन्छ । हामीलाई यो काम गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले सीप सिकेका हौं । जे सिकेका छौँ, यसमा हामीलाई गर्व लागेको छ । सबैबाट धन्यवाद पाएका छौँ उनले भनिन्, ‘गाउँघरमा हुने अर्मपर्ममा सबै खालका कार्यक्रममा सहभागी हुँदा अहिले हाम्रो माग बढ्दै गएको छ ।’

टेन्ट त्रिपालदेखि भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा पनि सबै आफुहरुले राखेर काम गरिरहेको हुँदा अवस्था हेरेर ३० देखि ४० हजारसम्म दिनको शुल्क लिने गरेको उनले बताइन् ।

कल्पना रेग्मी समुहमा लाग्नुभन्दा अघि घरायसी काममा व्यस्त हुने गर्दथिन् । घरमा यत्तिकै बसेर प्रगति हुदैन भनेर दिदीबहिनीहरु बीच कुराकानी भएपनि उनी पनि समूहमा आवद्ध भइन् । उनले भनिन्, ‘केही गरौँ भनेर अहिले यो काममा लागेका छौँ । आफ्नो भाषा, कला संस्कृति जोगाउनुपर्छ । समाजमा केही फरक काम गरेर देखाउनुपर्छ भनेर हामी पञ्चे बाजा बजाउने काममा जुटेका हौँ ।’

आगामी दिनमा यसलाई अझ व्यावसायिक बनाउँदै लैजाने र समुहमा आवद्ध सबैले पञ्चेै बाजा बजाउन सिक्ने उनीहरुको योजना छ । मौलिकता जोगाउन, महिला सशक्तीकरणमा टेवा पुर्याउन र आयआर्जनको श्रोत बढाउन आफुहरुले गर्दै आएको कामले आउने पुस्तालाई पनि उर्जा दिनेमा उनीहरु विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?