ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
कर्णाली

सल्यानमा ५९ जना व्यवसायीक कृषक पुरस्कृत

२० जेष्ठ २०८०, शनिबार ०७:३५
सोमबार, ०८ साउन २०८०

सल्यान, १९ जेठ ।
सल्यानमा ५९ जना कृषक पुरस्कृत भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिकाले शुक्रबार ५९ जना कृषकलाई सम्मान संगै पुरस्कृत गरेको हो । तरकारी, नगदे तथा मह उत्पादक र वितरकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई उत्कृष्ट व्यवसायीक कृषक सम्मान र अध्यक्ष कृषक सम्मान कार्यक्रम अन्तर्गत ५० जना कृषकलाइ व्यवसायीक कृषकको रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
टनेल भित्र तथा टनेल वाहिर तरकारी खेती गरेका, फलफुल बगैचा संगै खेती गरेका, माछापालन, मौरीपालन गरेका कृषकहरुलाई सम्मान र नगद पुरस्कारबाट पुरस्कृत गरिएको कृषि विकास शाखा प्रमुख बुद्धि बहादुर वलीले जानकारी दिए । वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा कृषक सम्मान र कृषि विकास सम्बन्धी वृहत अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको उनले बताए ।
कृषकहरुलाई सम्मान गर्दै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले हरेक किसान अवदेखी निर्वाहमुखी नभइ व्यवसायमुखी खेती प्रर्णालीमा लाग्नुपर्नेमा जोड दिए । एक महिनाको अवधि दिएर सूचना प्रकाशित गरी व्यावसायिक रुपमा लागेका किसानको घरदैलोमा स्थलगत रुपमा प्राविधिक मूल्यांकन मार्फत छनौट भएका कृषकहरुलाई सम्मान र प्रोत्साहन गरिएको उनले बताए । अध्यक्ष केसीले भने, ‘कृषकलाई हौसला दिन, उत्पादन बढाएर आयआर्जनका क्रियाकलापमा संलग्न गराउन, किसानबीच स्वच्छ प्रतिस्पर्धा गराउनका लागि हामीले यस प्रकारको कार्यक्रम गरेका हौँ । अन्तरक्रियामा आएका सुझाव अनुसार कृषि क्षेत्रको विाकासका लागि आगामी नीति तथा कार्यक्रम तय गर्नेछौँ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले परम्परागत कृषि प्रणालीलाई सुधार गर्दे व्यवसायीक र आधुनिक प्रणालीमा रुपान्तरण गर्न स्वयम किसानहरु सबैभन्दा बढी जागरुक बन्नुपर्ने र यसमा गाउँपालिकाको लगानी हुने बताए । वृहत अन्तरक्रिया कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराई, नेपाली काग्रेसका टोप बहादुर खत्री, नेकपा एमालेका केशर बुढा, माओवादी केन्द्रका शालिकराम भट्टराई, राप्रपाका आनन्द बुढा मगर, स्थानीय बुद्धिजिवी शेरबहादुर वली लगाएत विभिन्न कृषक समूह, सहकारीका प्रतिनिधीले कृषि क्षेत्रको विकासको लागि राय सुझाव दिएका थिए ।
कुन वडामा के उत्पादन हुन्छ, त्यसको अध्यनगरेर पकेट क्षेत्र बनाउनुपर्ने, समयमै मल, विउ तथा प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने, किसानलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तर लैजानुपर्ने लगाएतका सुझाव सहभागिहरुले दिएको कृषि विकास शाखाले जनाएको छ ।
गाउँपालिकाको आर्थिक विकास समिति तथा कार्यपालिका बैठकबाट निर्णय भए अनुसार तोकिएको मापदण्डको आधारमा कृषकहरुलाई सम्मानपत्र, दोसल्लाले सम्मान र प्रोत्साहन रकमबाट पुरस्कृत गरिएको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार मापदण्डको आधारमा प्रति कृषक ४ हजार देखी २० हजार सम्मा प्रोत्साहन रकम र कार्यक्रममा सहभागि कृषकहरुलाई यातायात खर्च वापतको रकम उपलब्ध गराइएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरुले मन्तव्य राख्दै सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताएका थिए ।
सभाहलको उद्घाटन

यसैविच कालिमाटी गाउँपालिकाले निर्माण गरेको सभाहलको शुक्रबार उद्घाटन गरिएको छ । वडा नम्बर ३ मा निर्माण गरिएको सभाहलको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । १७० जना अट्ने सभाहलको अध्यक्ष केसीले शिलालेख अनावरण गरेर समुद्घाटन गरेको योजना तथा प्रशासन शाखा प्रमुख यज्ञ बहादुर खत्रीले जानकारी दिए । आर्थिक वर्ष २०७८।०७९ को योजना अन्तर्गत वडा नम्बर ३ को कार्यालय नजिकै सभाहल निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?