ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
खेलकुद

राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन

२७ श्रावण २०८०, शनिबार १७:५४
सोमबार, ०८ साउन २०८०

काठमाण्डौ, २७ साउन । काठमाण्डौमा सम्पन्न पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा एकलतर्फ नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा च्याम्पियन भएका छन । सातदोबाटोस्थित नेपाल स्क्वास रयाकेट संघको एकेडेमीमा शनिवार सम्पन्न फाइनलमा अरहन्तले दीपक थापालाई ३—० को सोझो सेटमा हराउँदै च्याम्पियन हुनुभएको हो ।

अरहन्तले दीपकमाथि लगातार ११–६, ११–४ र ११–८ अंकको जित निकाले । महिला एकलमा कृष्णा थापाले उपाधि रक्षा गरिन । फाइनल खेलमा विपना ब्लोनमाथि ३—० को सोझो सेटमा सफलता प्राप्त गर्दै कृष्णा उपाधि हासिल गरिन । विपनालाई ११–६, ११–९ र ११–९ ले पराजित गरिन । पाँच खेलाडी सम्मिलित राउण्ड रोविनमा कृष्णा र विपनाले समान तीन खेल जितेपछि शीर्ष दुईमा रहेर उपाधि भिडन्त तय गरेका थिए ।

कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जितेकी थिईन । गत नवौं राष्ट्रिय खेलकुदमा पनि कृष्णा महिला एकलको विजेता हुन् । खुला एकलमा विजेताद्वय अरहन्त र कृष्णाले समान २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिला र पुरुषमा दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले समान पाँच हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइज यु–१९ तर्फ पासाङ ब्लोनले उपाधि जिते । उनले फाइनलमा विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ को सेटमा पराजित गरे ।

पासाङले ११ हजार र विकासले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । तेस्रो हुने दुई खेलाडीले भने समान तीन हजार प्राप्त गरे । यो प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । एकदिन अघि पासाङ प्लेट विधामा पनि च्याम्पियन हुन । फाइनलमा विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले हराउँदै प्लेट विधामा उपाधि जितेका हुन । यसैगरी मास्टर्स (५० वर्षमाथि) एकल विधामा प्रवीणवीर सिंह कंसाकार च्याम्पियन भए । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ को सेटमा पराजित गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?