ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
खेलकुद

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च बिवरण सार्वजनिक

२५ श्रावण २०८०, बिहीबार ११:२२
सोमबार, ०८ साउन २०८०

काठमाण्डौ, २५ साउन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिव १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरि राखेपले खर्च विवरण सार्वजनिक गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न भएको थियो । यद्यपि, राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि कुल ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।

सरकारद्वारा ६० करोड १० लाख र विनियोजित बजेट र आफैले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ । यसबाट वचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्र कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको उल्लेख गरे ।

गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिष्पर्धा गरेका थिए । त्यसमध्ये ३ हजार ४ सय १४ पुरुष र २ हजार ७ सय १३ महिला गरी कुल ६ हजार एक सय २७ खेलाडीले तीन सय ९७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । ती खेलमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारका दिन बैंक मर्जरका कारण समस्या भएपनि भुक्तानी भैसकेको सदस्यसचिव घिसिङले जानकारी दिए ।

राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पार्ने विश्वास व्यक्त गरेको छ । आगामी दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?