ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
खेलकुद

भुटानको पारो एफसीसंग मंगलबार मछिन्द्र खेल्दै

२२ श्रावण २०८०, सोमबार १५:१०
सोमबार, ०८ साउन २०८०

काठमाण्डौ, २२ साउन ।  नेपालको लिग च्याम्पियन  चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नहुदा यसको फाईदा गत सिजनको उपविजेता मछिन्द्र फुटबल क्लबले लिने भएको छ । मछिन्द्रले एफसी कपमा अवसर पाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको पहिलो चरणको खेलमा नेपालले भुटानको पारो एफसीसँग मंगलबार प्रतिस्प्रर्धा गर्नेछ । दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० मा सुरु हुनेछ । खेलअघि मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले छोटो तयारीका बावजुद जितका लागि खेल्ने बताए । उनले नयाँ खेलाडी अनुबन्धन गरेपछि क्लब थप बलियो भएको बताए । प्रशिक्षक किशोर केसीले पनि मछिन्द्र जितका लागि तयार भएको बताए । पारो एफसीमा बिदेशी खेलाडी अनुबन्धन हुदा बलियो देखिएको हुदा उनीहरुलाई रोक्ने योजनामा आफु रहेको प्रशिक्षक केसीको भनाइ छ ।

यता पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा हाल चलिरहेको प्रिमियर लिगका कारण आफूहरुले राम्रो तयारी गर्न पाएको बताए । विजेताले दोस्रो चरणको प्लेअफमा एक सातापछि (१६ अगस्ट) भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको दुई विजेताबीच (२२ अगस्ट) प्लेअफ हुनेछ । प्लेअफ विजेता एएफसी कपको दक्षिण एसियाको समूह चरणमा पुग्नेछ । दक्षिण एसियाको समूह चरणमा यसअघि नै भारतको ओडिसा, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन् ।

मछिन्द्रका कप्तान विशालले भोलिको खेलमा जित निकाल्न सके नेपाली क्लब फुटबलमा राम्रो सन्देश जाने बताए । जितले अर्को चरणमा भारतीय क्लब मोहन बगानसँग खेल्ने अवसर प्राप्त हुने भएकाले नेपाली क्लबका लागि फाइदा पुग्ने उनको भनाइ छ । यसअघि मछिन्द्रले पारोविरुद्धको खेलका लागि ८ खेलाडी भित्राएको थियो । क्लबले आशिष चौधरी, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, सनिश श्रेष्ठ, मेसुके ओलुमाउ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्धन गरेको थियो ।

 

यस्तो छ मछिन्द्र टोली

गोलकिपर : विशाल श्रेष्ठ, प्रदीप भण्डारी

डिफेन्डर : करीम ओमोलाजा, सनिश श्रेष्ठ, दिवाकर चौधरी, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, सुरज विक

मिडफिल्डर : एन्ड्रेस निया, उत्सव राई, दिपेश घले, लकेन लिम्बु, अरिक विष्ट

फरवार्ड : विजय भुजेल, रेजिन सुब्बा, विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, मेसुके ओलुमाउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, अफिज ओलावाले ओलाडिपो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?