ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
सम्पादकीय

विश्व आदिवासी दिवस

२४ श्रावण २०८०, बुधबार ०५:१०
सोमबार, ०८ साउन २०८०

आज बुधवार ९ अगस्त अर्थात विश्व आदिवासी दिवस । नेपालमा पनि यो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन. १९९३ देखि प्रत्येक वर्षको अगस्त ९ लाई विश्व आदिवासी दिवस मनाउने घोषणा गरिए अनुसार विश्वभर आजकै दिनमा यो दिवस मनाउने गरिन्छ । आदिवासी दिवसकै कुरा गर्दा आदिवासीहरू अहिलेपनि अपहेलित जीवन विताउन बाध्य भएका छन । उनीहरू राज्यका विभिन्न निकायबाट तल पारिएका छन । राज्यका धेरै तहमा उनीहरूको पहुँच पुगेको छैन । सिमान्तकृत जीवन विताउन बाध्य उनीहरूको पुनरुत्थानका लागि संयुक्त राष्ट्रसंघले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । उनीहरूको जीवन अभिबृद्धिका लागि अन्तर्राष्ट्रिय रूपमा चासो व्यक्त भैरहेको बेला सरकारीस्तरबाट पनि विभिन्न योजना र कार्यक्रम सार्वजनिक भैरहेका छन । खासगरी तल्लोस्तरमा जीवन विताउन बाध्य आदिवासीको रक्षा अहिलेको महत्वपूर्ण सवाल र चुनौति पनि हो ।

आदिवासीहरूले नै विश्वको ढुंगे युगको नेतृत्व गरे । त्यसलाई विकसित युगमा रूपान्तरित गर्न आदिवासीले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । नेपालको मात्र होइन विश्वका आदिवासीले जीवन्त इतिहास बनाएका छन । प्राचीन युगको नेतृत्व गर्ने उनीहरू बर्तमानमा पनि नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो तर अवस्था त्यस्तो रहेन । उनीहरूले सोही अनुसारको परिवर्तन र विकास गर्न सकेनन् । यो उत्तर अमेरिकी देशहरूको कुरामा मेल खान्छ । नेपालको अवस्था भने त्यस्तो छैन । आदिवासीहरूले समाजका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन । देशको रक्षाको नेतृत्व उनीहरूले गरेका छन् । उनीहरूको हैसियत बढेको छ । तर सवै आदिवासी समान हैसियतमा छन भन्ने होइन ।

नेपालका सिमान्तकृत आदिवासीको जीवनस्तर कमजोर रहेको छ । उनीहरूको क्षमता बढाउनेतर्फ सोच्नु जरुरी छ । शिक्षा र स्वास्थ्यमा पहुँच नहँुदा उनीहरूको जीवनले परिवर्तनको गति समात्न सकेको छैन । तरपनि सरकारी तथा गैर सरकारी तहबाट उनीहरूको विकासमा धेरै काम भएको छ । धेरै काम हुन बाँकी छ । खासगरी जो कमजोर छन । जसको आर्थिक हैसियत कमजोर छ, राज्यको कुनैपनि निकायमा उनीहरूको पहुँच पुगेको छैन । त्यस क्षेत्रमा राज्यले संरक्षण दिनु जरुरी छ । आदिवासी दिवसको सन्देश पनि त्यही हो । आदिवासी दिवकै सन्दर्भको कुरा हुँदैगर्दा आदिवासी समुदायको भाषा र संस्कृतिको विकास गर्नु जरुरी छ । उनीहरूको भाषा संस्कृति लोप हुँदै गएको छ ।

अझै केही आदिवासीको पहिचान समेत गुम्दै गएको छ । उनीहरूको परम्परा पनि लोप हुँदै जान थालेका छन । तसर्थ लोप हुँदै गएका जनजातिको भाषा, संस्कृति र परम्परा संरक्षण गर्नेतर्फ आदिवासी समुदायको ध्यानाकर्षण हुनु जरुरी छ । आदिवासी दिवसको नारा यो बर्षका लागि पहिचान रहेकोले पहिचानको लागि पनि अव आदिवासीको ध्यानाकर्षण जरुरी छ । त्यसै त परिवर्तित विश्व समाजमा आदिवासी दिवसको नारा बिहंगम भैरहेको अवस्थामा दिवसलाई पनि बिशाल र बृहदस्तरमा मनाउनु जरूरी छ । अहिले आदिवासीहरूको पहिचान फेरिदै गएको छ । नेपालकै सन्दर्भमा कुरा गर्दा आदिवासीमा समावेश हुने जातिको संख्यामा बृद्धि भैरहेको छ । पछिल्लोसमय नेवार समुदाय समेत आदिवासीमा सूचिकृत भएको छ । थारू समुदाय तराईका आदिवासी हुन । अरू समुदायले समेत आदिवासीमा सूचिकृत हुने माग गर्दै आएका छन । आदिवासी दिवस मनाउँदै गर्दा पूर्वमा कोशी प्रदेशलाई किराँत प्रदेश नामकरण गर्न माग भैरहेको छ । आदिवासीका नाममा जातीय नारा किमार्थ स्वीकार हुनुहुँदैन । तसर्थ आदिबासी दिवस मनाउँदै गर्दा आदिवासीको अधिकार रक्षालाई पहिलो प्राथमिकता दिनुपर्दछ । तर, अधिकारका नाममा विद्वेष राम्रो होइन । फेरीपनि सम्पूर्ण आदिवासीहरूमा दिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?