ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
सम्पादकीय

ल्हारक्याल नियुक्तिमा लज्जाबोध गर

२३ श्रावण २०८०, मंगलवार ०६:१०
सोमबार, ०८ साउन २०८०

सरकारले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ती गरेपछि नेपालमात्र होइन विश्व नै सरकारविरुद्ध आलोचनामा उत्रिएको छ । विश्व शान्तिको शहर लुम्बिनी नेपालको मात्रै होइन विश्वकै शान्तिप्रेमीहरूको आस्थाको केन्द्र हो । अझै बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । अहिंसाका नायक भगवान बुद्धको शान्तिको सन्देश प्रवाह गर्ने महत्वपूर्ण स्थान जहाँ बुद्धको जन्म भएको थियो, त्यही लुम्बिनीको नेतृत्व गर्ने जिम्मा सरकारले विवादास्पद व्यक्तिलाई दिएर नेपालीमात्रको होइन, शान्तिकामी सारा विश्वकै भावनामाथि ठेस पु¥याएको छ ।

शान्तिप्रेमी जनताको मनमुटुमा ढुंगा प्रहार भएको छ । ल्हारक्याल लामा लुम्बिनीका लागि प्रिय र कुनैपनि अवस्थामा सुहाउने पात्र होइनन् । दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा मुछिएका उनलाई लुम्बिनीको नेतृत्व सुम्पने प्रचण्ड नेतृत्वको सरकारले दण्डहीनतालाई प्रश्रय दिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई स्पष्ट थाहा थियो– ल्हारक्यालको नियुक्ती नेपालीका लागि मात्रै होइन, विश्वकै लागि प्रिय हुनेछैन । तर सरकारले दुस्साहस गरेको छ । सरकारले लामालाई नियुक्ती दिएर लुम्बिनीको विकासमा मजाक उडाउने काम गरेको छ ।

प्रधानमन्त्रीकै दवावमा सरकारले लामालाई नियुक्ति दिएको छ । यसले लुम्बिनीको विकासमा ठूलो घाटा हुनेछ । लुम्बिनीप्रति अहिलेसम्म विश्वको जुन दृष्टिकोण, त्यसमा धब्बा लाग्ने अवस्था सिर्जना भएको छ । सरकारप्रति थोरैपनि नैतिकता छ भने लामो नियुक्त तुरून्त बदर गर्नुपर्छ । लुम्बिनीको साख गिराउने काम कुनैपनि अवस्थामा नहोस् । लुम्बिनीको पबित्रतामाथि धब्बा लगाउने कोसिस नहोस् ।
लुम्बिनीको विकासमा अहिलेसम्म विश्वका दातृ निकायको महत्वपूर्ण सहयोग रहिआएको छ । लुम्बिनी गुरूयोजना पूरा गर्नेतर्फ विश्वकै ध्यान तान्नुपर्ने अवस्था छ । तर, पछिल्लो विवादास्पद नियुक्तीले लुम्बिनीको गुरूयोजना समयमै पूरा गर्नेतर्फ चुनौति थपिने देखिएको छ । त्यसै त लुम्बिनी विकास कोषमाथि बिदेशबाट आएको सहयोग दुरूपयोग गरेको भन्दै प्रश्न उठ्दै आएको छ ।

अव उपाध्यक्षमा लामाको नियुक्तीले विश्व समुदाय झनै सशंकित हुनेछ । त्यो अवस्थामा लुम्बिनीको लागि विदेशी निकायले पैसा होइन प्रश्न गर्नेछन् । अपारदर्शीताको कुरा उठ्नेछ । विवादास्पद ब्यक्तिको आगमनले लुम्बिनीको गरिमा बृद्धि होइन आँच आउने अवस्था सिर्जना भएको छ । लामा एउटामात्र मुद्दामा होइन धेरै मुद्दामा संलग्न देखिएकोले लामाप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास टुटने अवस्था छ । त्यसबाट लुम्बिनीको विकासमा बाधा उत्पन्न हुनेछ । लामाप्रति विश्वास जोड्नै समस्या छ । ठिक छ– लामा सुध्रिएलान तर त्यो सुधारको मापन कसरी हुन्छ ? चुनौति छ । त्यसैले सरकारले लुम्बिनीको विकास, इज्जत र प्रतिष्ठाका लागि लामाको नियुक्तीलाई खारेज गरोस् । होइन भने लामाको नियुक्तीले सारा विश्व लज्जित बन्नुपर्नेछ । विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको नेतृत्व लामाले होइन, इमान्दार र निष्कलंक व्यक्तिको हातमा सुम्पिनु पर्दछ । सरकार अलिकती भएपनि लज्जाबोध गर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?