ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
विचार

कोजाग्रत पूर्णिमा

१५ कार्तिक २०७७, शनिबार १०:५३
सोमबार, ०८ साउन २०८०

पात्रहरू— पराशर— गुरु, निर्मला— स्थानीय शिक्षक, गोविन्द— स्थानीय सामाजिक कार्यकर्ता
दृश्य— निर्मला र गोविन्द बाटो किनारको चौपारीमा बसेका छन् । गुरु कतै जानका लागि हतार हतारमा पाइला चालिरहेका छन् । सबैले मुखौटो अर्थात् मास्क लगाएका छन् ।

गोविन्द— गुरुज्यु, गुरुज्यु ।
पराशर— (यसो पछाडि फर्केर हेर्दै) बाबुले मलाई बोलाउनुभएको हो र ?
गोविन्द— हजुर गुरु, पाउलागि ।
पराशर— विसासय आयु होओस् । सुख सन्तोष होओस् बाबु ।
निर्मला— गुरु नमस्कार ।
पराशर— नमस्कार नानी ।

पराशर— हैन यो मुखौटो लगाएका बेलाँ पनि कसरी चिनेको हो नानी बाबुहरूले । मैले त ठम्याउन सकिन नि ।
गोविन्द— (मास्क निकाल्दै) अब चिन्नुहुन्छ गुरु । लौ हेर्नुस् ।
पराशर— ए गोबिन्द बाबु पो रहेछन् । शङ्का त लागेको थियो । मुखौटो खोलेपछि चिनिहालेँ नि ।
निर्मला— (मास्क निकाल्दै) लौ गुरु मलाई पनि चिन्नुहुन्छ होला ।
पराशर— ए ए ।निर्मला नानी ।

गोविन्द— हाम्रो घर टोल छिमेकमा आइरहने गुरुलाई के नाकमुख छोप्दैमा नचिनिने हुन्छर ? यो ६/७ महिनाको अभ्यासले त गुरु अब कसैका आँखीभौँ देखेर पनि चिन्न सकिने भैयो । यति लामो समय सिटिइभिटिको तालिम लिएको भए गजबको नोकरी खाने भइन्थ्यो । क्यारम् यस्तो भो ।
पराशर— हो बाबुले साँचो कुरा ग¥यौ । हामी बूढा सुगाले त के सिकौँला र । अब हुर्कने केटाकेटीले त आँखीभौँ निधारहेरेर मान्छे चिन्ने सीपमा अभ्यस्त हुने भए । अँ, हामी सबै आरामै छौँ नि ।
गोविन्द— आरामैछौँ गुरु ।

निर्मला— यति फराकिलो चौपारी छ । ३/३ मिटरको फरकमा पनि बस्न मिलिहाल्छ । आउनोस्, एकैछिन बसौँ गुरु ।
पराशर— बस्न त हुन्थ्यो नानी, त्यहाँ नुवाकोटे कान्छीले आजदेखि पूर्णिमाको व्रत सुरु गर्ने रे । त्यहीँ जान लाएको हो । क्या रौँ ।
गोविन्द— पूर्णिमाको व्रतको विधि विधान गर्ने त साँझतिर होला नि । यति चाँडै जानुको के आत्तुरी भयो र गुरु ?
पराशर— बाबुले भनेको कुरा त ठीक हो । त्यै पनि पूजा विधिलाई चाहिने सामानको जोरजाम गर्न अह्राइसिकाइ हुन्छ । जहिलेको आँप तहिलेको झटारो गर्दा काम उति राम्रो हुन्न नि बाबु । अलि पहिलेको योजना सोच चाहिन्छ ।
गोविन्द— १०/१५ मिनेट भए पनि गुरुसित सतसङ गरौँ भनेर बसौँ भनेको नि गुरु ।
पराशर— हो त, स्वर्गद्वारीका महाप्रभुले लेख्नुभएको छ—

सतसङ बराबर अरू केही छैन । सुसत्यको हार कवै हुँदैन ।
सेवा सतैको गरी पार जाऊँ । हे राम कृष्ण भनी दिन बिताऊँ ।
निर्मला— नकोट्याइकन चुहुन्न भनेको ठिकै हो । यसो कोट्याएको इ फुरिहाल्यो नि गुरुको ज्ञानको कुटुरो । आज कोजाग्रत पूर्णिमा, नाम पनि कति अप्ठ्यारो हो ?
गोविन्द— हो आजकै पूर्णिमाका बारेमा गुरुका वाणी सुनौँ न ।
पराशर— आहा ! कति खुसी लाग्यो । निर्मला नानी त शिक्षिका पनि हो नि ।
निर्मला— हजुर, हो नि गुरु । तर गुरु आजभोलि महिला पुरुष दुवैलाई शिक्षक नै भनिन्छ । पुरुष शिक्षकलाई शिक्षक महिला शिक्षकलाई शिक्षिका भनिन्न गुरु ।
पराशर— ए हे । हामीले बनारस पढ्दाखेरि त केटा विद्यार्थीलाई विद्यार्थी र केटी विद्यार्थीलाई विद्यार्थिनी लेख्ने भन्ने चलन थियो । शिक्षक शब्द उभयलिङ्गी भएको त बल्लै थाहा पाएँ ।
निर्मला— हजुर ए ।

पराशर— अँ, यो पूर्णिमाका बारेमा मैले यहाँ बताएँ भने नानीले आफ्ना विद्यार्थीलाई सिकाउली । बाबुले विषय सन्दर्भले आफ्ना कार्यकर्ता साथीलाई भनौला ।
निर्मला— हो गुरु, हजुरले जान्नुभएको छ र हामीले सोध्न पाएका छौँ । हामीले जान्यौँ भने विद्यार्थीलाई सिकाउँला । समाजका पुराना पुस्तासित भएको ज्ञान सार्ने तरिका यही त हो ।
पराशर— हो त । लौ सुन ।
गोविन्द— मैले पनि सुन्छु है गुरु ।
पराशर— गोविन्द बाबुले व्यङ्ग्य गरिहाले । तत्काल निर्मलासितको कुराकानी भएकाले मैले उनलाई एक्लो सम्बोधन गरेँ ।
निर्मला— ठीक छ गुरु । गोविन्द दाइको यस्तै बीचमा कुरो टिप्ने बानी छ ।
(हाँसो )

पराशर— अँ, निर्मला नानीले यो पूर्णिमाको नामै कति अप्ठ्यारो भन्यौ । यो संस्कृत शब्द हो । बारबार प्रयोग नहुने शब्द भएकाले अलिकती अप्ठ्यारो लागेको पनि हुनसक्छ ।
निर्मला— हजुर हो गुरु ।
पराशर— “को जाग्रत” भनेको को जागा छ भनेको हो ।
गोविन्द— गुरु, यो कसले सोधेको प्रश्न हो ?
पराशर— धनकी देवी लक्ष्मीले ।
गोविन्द— के सन्दर्भ रहेछ नि गुरु ?
गुरु— ए, यो शरद ऋतुको पूर्णिमाको रात हामी मान्छेलाई मात्र होइन देवतालाई पनि उत्तिकै राम्रो र प्यारो लाग्छ ।
गोविन्द— हजुर गुरु । तर यी लक्ष्मीलाई को जागा छ को सुतेको छ भन्ने जान्न किन चासो परेको हो र गुरु ?
पराशर— बाबुले साह्रै राम्रो कुरा सोध्यौ । अँ, अघि सत्य युगमा समुद्र मन्थन गर्दा यही पूर्णिमाका राती जन्मेकी रे ।
निर्मला— ए कोजाग्रत पूर्णिमा त लक्ष्मीको जन्मदिन पो रहेछ गुरु ?
पराशर— हो त ।

गोविन्द— अनि नि गुरु, रातीमा जाग्ने, हिँडडुल गर्नेलाई त निशाचर भन्छन् । चोरहरू रातीमा जागा हुने हिँडडुल गर्ने गर्छन्, सद्धे मान्छे त दिनमा जागा हुन्छन् रातमा मस्त निदाउँछन् ।
पराशर— गोविन्द बाबुले भनेको कुरा एकदम ठीक हो । सत्मार्गको जागा प्रकाशसितको जागा सदाचारी हुन्छ । मन पनि अँध्यारो बाहिर पनि अँध्यारो हुँदाको जागा निशाचर जागा हो । भागवत गीता अध्याय २ को ६९ औँ श्लोकमा भनिएको छ—
या निशा सर्व भूतानां तस्यां जाग्रति संयमी ।
यस्यां जागर्ति भूतानि सा निशा पश्यतो मुने ।।
निर्मला— यो त पटक्कै बुझिएन नि गुरु ।

पराशर— म बुझाइहाल्छु नि ।यसको अर्थ हो, सामान्य बुद्धिवाला प्राणीले रात ठानेको बेला ज्ञानीहरू जागा हुन्छन् । र सामान्य बुद्धिवाला प्राणीहरू जसलाई दिन ठान्छन्, ज्ञानीहरू त्यसलाई अँधारो वा रात देख्छन् ।
गोविन्द— गुरु महाराज, हजुरले यी कुरा त नेपाली भाषामा नै गर्नुभएको छ । तर कुराको सङ्गति भेटाउन सकिनँ । के सर्वसाधारण र ज्ञानीहरूको व्यवहारएक आपसमा उल्टै हुन्छ र गुरु ?
पराशर— गोविन्द बाबु, मैले एक दुईवटा उदाहरण दिन्छु । तब पनि नबुझिए थप कुरा गरौँला ।
गोविन्द— हवस् गुरु ।

पराशर— ज्ञानी अथवा संयमी व्यक्तिले जूवाबाट, चोरीचकारीबाट धनार्जनको लालसा गर्नुहुँदैन । यसले श्रमलाई अवमूल्यन गर्छ, श्रमप्रतिको आस्था भङ्ग हुन्छ । जुन संसार सञ्चालनका लागि घातक हो भन्छन् ।
गोविन्द— हजुर हो गुरु ।
पराशर— तर जो सद्ज्ञानको उज्यालोबाट पाखा छन् उनीहरूले त ज्ञानीहरूका ती वचनलाई अँध्यारो देख्छन्, अर्थात् उनीहरूका लागि त्यो उज्यालो मार्ग पनि रात प्रतीत हुन्छ । एक बारको जिन्दगी हो, लुटेर, चोरर, ढाँटेर, जूवा मारेर भए पनि धन सोहोर्नुपर्छ, मोज गर्नुपर्छ भन्छन् ।
गोविन्द— आहा ! गुरुले कति राम्ररी बुझाइ दिनुभयो । यो दिन रात भन्ने त भौतिक अँध्यारो उज्यालो नभएर हृदयको अँध्यारो उज्यालो पो रहेछ । हैन गुरु ।
पराशर— हो त । कति राम्रो तरिकाले प्रष्ट पारे गोविन्द बाबुले ।
निर्मला— शरद ऋतुका चन्द्रमाका बारेमा विभिन्न कविहरूले पनि निकै चर्चा गरेको पाइन्छ । के विशेष विशेषता छ र शरद ऋतुको चन्दमामा ?
पराशर— निर्मला नानीले साह्रै राम्रो कुरा उठायौ । कवि सोमनाथ सिग्द्यालले आदर्श राघव भन्ने काव्यमा शरद ऋतुको वर्णन गर्दै लेखेका छन्—

टहटह चहकिलो जूनमा बल्छ रात ।
लहलह लहरामा फूलछन् जातजात ।
तहतह नभमा छन् तित्तिरी मेघ रेखा ।
रहरह पनि सुुुुुुक्तै बन्दछन् नीर रेखा ।
निर्मला— हो गुरु ।
पराशर— कविहरू पनि शरद ऋतुका चन्द्रमासित यति लोभिनुको कारण हो, यस पूर्णिमाका चन्द्रमा सोह्रै कलाले परिपूर्ण हुन्छन् ।
गोविन्द— भन्नुको अर्थ जति उत्कृष्ट हुनुपर्ने हो उति भएको भनिएको हो गुरु ?
पराशर— स्यावास, भन्न खोजेको कुरा यही हो । हाम्रो देशको सन्दर्भमा यस दिन धेरै देवीका मन्दिरमा जात्रा मेला लाग्ने गर्छ । हाम्रो देशका राष्ट्र प्रमुखले गोजाग्रत पूर्णिमाको दिन भक्तपुरको नवदुर्गा भवानीको दर्शन गरी प्रसाद लिने चलनले पनि यस पूर्णिमाको राष्ट्रिय महत्व छ ।
निर्मला— हो त गुरु ।

पराशर— त्यसो त यस पूर्णिमाको ठाउँअनुसार, भाषाअनुसार थुप्रै नाम छन् ।
निर्मला— गुरु त धेरै ठाउँ डुलघुम गर्नुभएको छ । सुनौँ न यो कोजाग्रत पूर्णिमालाई कहाँ कहाँ के के भन्दारहेछन् ?
पराशर— लौ भनिहाल्छु नि । अँ, अर्घाखाँचीमा यो पूर्णिमालाई अर्घाको पुन्यु भन्दारहेछन् । गुल्मी धुर्कोटतिर कोट जाने पुन्यु भन्दा रहेछन् । बलेटक्सारतिर चोएगाको पूर्णे भन्दारहेछन् ।
गोविन्द— किन रहेछ अर्घाको पुन्यु, चोएगाको पूर्णे भनेका ?
पराशर— अँ, यो पूर्णिमाका दिन अर्घा, चोएगाका देवी मन्दिरमा सरायँ नाचको धुमधाम मेला लाग्दोरहेछ । त्यसैले यस पूर्णिमाको नाम पनि त्यही मेला लाग्ने ठाउँसित जोडेर राखिएको रहेछ ।
निर्मला— कस्तो रहेछ गुरु यो सरायँ नाच ।
पराशर— विजया दशमीमा दुर्गा भवानीको प्रसाद लिन सुरु गरेपछि विभिन्न शक्तिपिठ भनौँ वा देवीका मन्दिरमा फूलपाती सेलाउने अथवा विसर्जन गर्ने गरिन्छ । यस अवसरमा देवी मन्दिरमा रहेका हातहतियार लिएर बाजागाजासित वाखै ! ह ! को बोलमामजासित नाचिन्छ । मेरो मोबाइलमा पनि छ होला । केही बेरमा देखाउँला ।

निर्मला— हुन्छ गुरु । अन्तिममा हेरौँला ।
पराशर— हाम्रो तराई क्षेत्रमा, भारततिर पनि यो पूर्णिमाको मर्यादा राम्रो छ । यो पूर्णिमालाई कहीँ कोजागर भन्छन्, कहीँ कोजागिरी भन्छन् । कहीँ रास पूर्णिमा भन्छन्, कहीँ कुमार पूर्णिमा भन्छन् ।संस्कृतका आदि कवि वाल्मीकिको जन्म पनि यसै दिन भएको हुनाले संस्कृत कविहरूका लागि यो त्यस्तै महत्वको दिन मानिन्छ ।
निर्मला— हजुर गुरु ।

पराशर— यस रातको चन्द्रमाको प्रकाश शरीरमा प¥यो भने शरीरका निकै नहुने खालका रोग पनि निको हुने भन्ने मान्यता छ ।
गोविन्द— ए लाइट थेरापीको कुरा पनि रहेछ त गुरु !
पराशर— हो गोविन्द बाबु । अनि यस रातको चन्द्रमाले पृथ्वीमा अमृत छर्छन् भन्ने विश्वास गरिन्छ । यस रातको चन्द्रमाको प्रकाशमा रातभरि खीर राखेर खाँदा अमृत समान हुन्छ भनेर विभिन्न ग्रन्थमा लेखेको पाइन्छ बाबु ।
गोविन्द— हाम्रो जस्तो प्रदूषित वायुमण्डल भएको ठाउँमा त के अमृत हुँदोहो र गुरु ।
निर्मला— गोविन्द दाइले कस्तो कता कता कुरो टिप्न सकेको हो ?
पराशर— उसै भइन्छ नेता ?

निर्मला— हो गुरु । अनि नि गुरु, यो कोजाग्रत पूर्णिमामा लक्ष्मीलाई खुसी पार्न जूवा खेल्नुपर्छ भनिन्छ । हजुरले जूवालाई साह्रै नीच कर्म हो भन्नुभयो । र म पनि यही मान्यता राख्छु । परस्पर विरोधाभास भयो नि गुरु ।
पराशर— निर्मला नानीले गरेको प्रश्न भनौँ वा जिज्ञासा साह्रै उत्तम छ । लक्ष्मीजीको जन्म दिन भएकाले उहाँको उत्सव मनाउन, उहाँलाई खुसी गराउन जागाराम बस्ने भन्ने कुरा ठीक हो । रातभर जागाराम बसेर लक्ष्मीको उपासना गरे “को जागा छ” भनेर हेर्न आएकी लक्ष्मी खुसी भएर धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वास छ । तर जूवा खेल्ने भन्ने कुरा त ठीक भएन ।
निर्मला— हो गुरु । मेरो जिज्ञासा यही हो ।
पराशर— ठीक छ ।लक्ष्मीजीलाई खुसी गराउन धनलक्ष्मीलाई ओसारपसार गर्ने, छ्यालव्याल देखाउन जूवा खेल्ने गरिएको हो । यो जूवा घरव्यवहार छुट्टाछुट्टै हुनेसितको जूवा भनेको होइन।
निर्मला— हजुर हजुर ।

पराशर— घरव्यवहार एउटै हुने भित्रको जूवा हो । यो हारजितको जूवा होइन, जितजितको जूवा हो ।
निर्मला— त्यसरी एकाघरका मान्छे आपसमा जूवा खेलेर के फाइदा भयो गुरु ?
पराशर— यसले सधैभरि घरमालिकसित दबिएर रहेकी लक्ष्मीलाई घरका सबै सदस्यले देख्न, छुन, छाम्न र व्यवहार गर्न पाउने मौका दिन्छ । यसले धेरै धन देख्दा, छुँदा मन अत्तालिने, होस गुम हुने समस्याबाट जोगाउँछ ।
गोविन्द— हजुर गुरु, यो त गजबको कुरा पो रहेछ । ठूला घरानको देखेजानेको हुने कुरा पो रहेछ ।
पराशर— हो त ।यसले जहानमा मानसिक रूपमा धनद्रव्यसितको हिमचिम बढाउन प्रेरणा दिन्छ ।

निर्मला— हो गुरु, यो कुरा मलाई पनि चित्त बुझ्यो । शिव पार्वती, रावण मन्दोदरी पासा खेलेको भन्ने कथा पुराणमा सुनिन्थ्यो । श्रीमान र श्रीमती पनि के जूवा खेलिरहेको होला भन्ने लाग्थ्यो मलाई । हजुरले भने जस्तो यो जूवा त हारजितको नभएर जितजितको जूवा पो रहेछ । रहस्य त यस्तो पो रहेछ ।
पराशर— हो त निर्मला । तिमीले ठीक भन्यौ । लक्ष्मीको चञ्चलता कहिले यता कहिले उता हुने सन्दर्भलाई परिवारमा बुझाउनका लागि गरिएको घरायसी अभ्यास हो नानी यो त ।
निर्मला— गुरुका सामाजिक प्रचलनका विश्लेषण साह्रै व्यावहारिक र सुनूँसुनूँ लाग्ने खालका हुन्छन् ।
पराशर— हैन ए नानी, यस्तै अध्ययन र कुरा गर्दागर्दै तीनबीसे दश काटिसकियो । आखिर अनुभूति, अभ्यास र अध्ययनका कुरा त हुन् ।
ए नानी फोन आयो यसो उता गएर उठाउँछु है त । (फोनको घन्टी अनि धुन)
पराशर— लौ आएँ ।

गोविन्द—गुरु, “श्राद्ध नखाएको बाहुन र पाटन नखाएको घोडा तग्दैन”भन्ने जुम्ली उखान छ । अहिले श्राद्ध खान त्यति औसर जुरेन कि कसो ? गाला त चाउरिएछन् ए ।
पराशर— (हाँस्दै) गोविन्द बाबुले घुमारो पाराले ठेस हान्यौ हान्न त । तर अहिले कान्छा छोराले अनलाइन प्रयोग गर्न सिकायो । झन् सजिलरी श्राद्ध गराएँ ।
निर्मला— ए, उसो भए त गुरुमालाई नुन, दाल, बेसार मिसिएका चामल केलाइरहन परेन । हैन गुरु ?
पराशर— (हाँस्दै) हो त निर्मला नानी । अहिले त दान दक्षिणा त मोबाइलमा टिङ्टिङ्टिङ्टिङ् । इ बैङ्किङ सेवाबाट ।
(हाँसो )
गोविन्द— अजिङ्गरको आहारा दैवले जुराउँछ । हैन र गुरु ?
पराशर— हो त ।
गोविन्द— सर्प ज्यादै खस्रो भयो भने काँचुली फेर्छ भन्छन् । गुरुको छाला पनि निकै खस्रो भएछ । काँचुली फेर्नलाई हो कि ?
पराशर— हेर न गोविन्द नेताजीको ठट्टा गर्ने बानी ? तिमी नेताहरूले भाषण गर्दा हामी सत्तामा गएपछि देशले काँचुली फेर्छ भन्थ्यौ । तिमीहरू पाँचै वर्षमा चिल्ला गाला गराउँछौ । हेर न मैले यसरी टपरा टक्टकाउन थालेको पचास वर्ष भयो । काँचुली फेरिएला कि भनेको त आफै काँचुली जस्तो पो भएँ ।
(हाँसो)

निर्मला— गुरु साह्रै रमाइलो भयो । धेरै कुरा सिकियो जानियो । अब जाँदाजाँदै छोटो टुक्काका लागि अनुरोध गरेँ । कसो होला ?
पराशर— लौ यस्तो जिज्ञासु नानीको आसको निरास पार्न पनि त भएन ।
गोविन्द— हो त गुरु ।
पराशर— दसैँ त आजदेखि बिदा हुँदैछ । दसैँ आउन लाग्दा साना नानीहरूले दसैँ आयो । पापा खाउँला । कहाँ पाउँला । चोरी ल्याउँला । हट् पापी म भिन्नै बसुँला भनेर औला भाँच्छन् ।
निर्मला— हो गुरु ।
पराशर— तर दसैँ आउन लाग्दाविभिन्न जनावरहरूले के के भन्छन् भन्ने कुरा सुनेका छौ छैनौ ?
निर्मला— नाइँ । सुनिएको छैन गुरु ।
पराशर— ल सुन है त ।
निर्मला— हस् गुरु ।

पराशर— कुखुराले भन्छ— दसैँऽऽऽऽऽऽ आयोऽऽऽऽऽऽऽऽऽ।
हाँसले भन्छ— काहाँ काहाँ काहाँ काहाँ काहाँ काहाँ काहाँ काहाँ ।
परेवाले भन्छ— बाग्लुङमा, बाग्लुङमा, बाग्लुङमा, बाग्लुङमा ।
राँगाले भन्छ— मरिने भो नारायणऽऽऽऽऽऽऽ, मरिने भो नारायणऽऽऽऽऽऽऽऽ ।
अनि बोकाले भन्छ— जे पर्छ पर्छ छट् छट् छट् छट् जे पर्छ पर्छ छट् छट् छट् छट्…।
गोविन्द÷ निर्मला— आहा ! कति रमाइलो रहेछ । धन्य गुरु धन्य ।
पराशर— ओहो , १०÷१२ मिनेट भनेको त १५ मिनेट भएछ । लौ म त हिँडिहालेँ ।
गोविन्द÷ निर्मला— नमस्कार गुरु ।
पराशर— जय होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?