ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
साझा डबली

आफैले बेसाएको दुःख

१९ कार्तिक २०७९, शनिबार ०८:१८
सोमबार, ०८ साउन २०८०

एंग्लो इण्डियन बैंक मेनेजरसँगको संवादको सिलसिलालाई उतार्नुभन्दा पहिले केहि वैयक्तिक कुराहरू गर्दा बेस होला । यी अतिरिक्त कुराले कहानीको मर्म बुझ्न केहि सजिलो होला ।
पोखराको बसोबासकै दौरानमा मेरो हातमा एकथान चिठ्ठी हात लाग्यो । चिठ्ठीको बेहोरामुताविक बा प्रदेश लागेको जानकारी भयो मलाई । सो बेला प्रदेश भनेको भारत नै हुन्थ्यो । भारत पनि दिल्ली वा सिलाङ भन्ने बुझिन्थ्यो । म नजन्मदै बा एकपटक हैदरावाद गएको र त्यहाँ काम गर्ने दौरानमा उट्पट्याङ्ग कुनै भारतीय नागरिकले करेण्ट प्रवाहित तारमा पिसाब फेर्न लगाएको कुरो बेलाबखत सुनाउँथे । यो निकै पुरानो कुरो भएको र बा प्रदेश लागेको चिठ्ठी मेरो हातमा पर्दा उनी हैदरावाद जाने संभावना थिएन । किनकि सो समयमा हाम्रा गाउँटोलका कुनै पनि मान्छे सो ठाउँमा भएको चर्चा सुनिदैन थियो । त्यसैले उनी त्यता जाने संभावना देखिन मैले । पोखरामै हुँदा वनारस(वाणयसी)को खुब चर्चा हुने गर्दथ्यो । कांग्रेस तथा कम्युनिष्ट पार्टीका कामकार्वाही उतै हुन्छन् र दस्तावेज, सबैजसो प्रकाशनहरू त्यतै छापिन्छन् भन्ने सबैको मुखबाट सुनिन्थ्यो । नेकपा(माले) कास्की जिल्ला कमिटीले प्रकाशन गरेको घोषणा नामको पत्रिका प्रकाशित गर्न सम्पादककोरुपमा दिल साहनी पनि बनारस नै जानुभएको थियो । मेरो मनमा संका उब्जियो— सबै मान्छेहरू कामविशेषले बनारस जान्छन् त मेरा बा पनि धनपैसो कमाउन वनारस नै गएहुनन् । अथवा उनलाई कसैले लगेर गयो होला त्यतातिर । घरबाट साहिलाभाइले लेखेको मर्मभेदी चिठ्ठीको बाचन पछि म बाको गन्तव्यको खोजिमा भुँइपत्ताल गरेर खोजिमा लागेँ ।
पार्टीले मेरो बिवाह गरिदिइ सकेको थियो । त्यसहिसावले म घरजमवाला कमरेड थिएँ । अनिताजीको बस्ने खाने ठेगाना थिएन । बिरौटाका आसपास, रामफेँदी, रामनगर र पृथ्वीचोक आदि ठाउँहरूमा कोठाभाडा लिएर पार्टीले बस्नेखाने ब्यवस्था मिलाइदिएको थियो । म पार्टी संगठनको बिस्तारको नाममा कास्की लगायत तनहुँ जिल्लाका विभिन्न गाउँहरूमा घुमफिर गर्थेँ । रुपाकोट, दुराडाँडा, बैदामपारी सेतीनदी तरेर बँदेलपोखरीको पल्लो छेँउसम्म पुग्थे । रुपाकोटका सेल्टरदाता क. राजेन्द्र सुवेदीबाहेक अरु साथीहरूको नाम संझनामा छैन । हालसाथै पोखरा निवासी क. लोचना अधिकारी मार्फत क.राजन उर्फ राधाकृष्ण लामिछाने सम्पर्कमा आउनु भएको छ । मेरो पार्टी जीवनको एक गवाहा उहाँ पनि हो । हरिप्रसाद गोर्खाली नामका एकजना शिक्षक साथीको भने नाम आजसम्म बिर्सेको छैन । थर नै अजवगजवको थियो उहाँको—गोर्खाली । यद्यपि उहाँसँग भेट भएको थिएन । उहाँको घरमा जान सेतीनदी तरेर बँदेलपोखरी हुँदै पश्चिम लाग्नु पथ्र्यो । महिला कमरेड दोजिया हुनुहुन्थ्यो । त्यो अवस्थामा पनि उहाँले मेरो बहुतै राम्रो मानमनितो गर्नुभएको थियो । पार्टीले सायद उहाँको नाममा पत्र पठाएको थियो होला ममार्फत । अर्को दिन उज्यालो नहुँदै म फर्केर बदेँलपोखरी आएको थिएँ । त्यहाँ दुईजना एकाघरका शिक्षक साथीहरू हुनुहुन्थ्यो, जो पार्टीको काममा पनि खटिनुहुन्थ्यो । त्यो रात उहाँहरूकै घरमा बसेको थिएँ म ।
भाइको चिठ्ठी हात परेपछि पार्टीको कामभन्दा मेरो मनमस्तिष्क घरको हालतउपर खनिएको थियो । चिठ्ठी निकै नै भावुक थियो । “बा लाहुर गए दाइ, उनको अत्तोपत्तो छैन । चिठ्ठीपत्र केही पठाउन्नन् । याँ घराँ हामी आमै, भाइबहिनीमात्र छौं ।” चिठ्ठीको बेहोरा पढेपछि मेरो मन पार्टीको कामभन्दा घरको चिन्तामा रोमलिन थाल्यो । नवबिवाहिता श्रीमतीको जिम्मेवारी म एक्लैले उठाउनु भने पर्दैन थियो । किनकि पार्टीको बन्दोवस्तीमा गरिएको बिहे भएकाले भरणपोषणको जिम्मा पनि पार्टीकै हुन्थ्यो । तर मेरो घरको समस्या त नितान्त नीजि थियो । त्यसको जिम्मा म आफैले वा घरपरिवार कै हुन्थ्यो ।
हो, यहि जिम्मेवारीको बोझको मुनि म यसरी दविए कि, त्यो बोझबाट उन्मिुक्ति पाउन मैले एकदिन मेसो मिलाएर क. गिरिषसामु मुख खोँले—“घरबाट निकै नराम्रो चिठ्ठी आयो कमरेड । बा लाहुर हिँडे रे । उनको अत्तोपत्तो छैन रे । घरमा आमा, ससाना भाइबहिनी मात्र छन् ।” मैले बढाइचढाइ गरिन, कमरेडलाई कुरो सुनाउँदा । भाइले जे लेखेर पठाएको थियो त्यहि त्यहि बाचन गरेर सुनाएँ । सायद कमरेडको मन पनि पग्लियो होला, सोध्नुभएको थियो— बालाई खोज्न काँ जानुन्च त हेमन्त कमरेड ?
“म एकपटक दिल्ली गएर आउँचु कमरेड । त्याँ मेरा बहिनीज्वाइरू छन् । बा तैँ गएका छन् कि ? उनलाई घर पु¥याएर फर्किन्चु ।”
पार्टीसँग १५ दिनको छुट्टी लिएर अनिताजीलाई पोखरामै छोडेर पहिलोपटक दिल्लीको यात्रा गरेँ मैले । पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै बुटवल, त्यहाँबाट सुनौली, सुनौलीबाट गोरखपुर र गोरखपुर हुँदै दिल्लीको यात्रा । बहिनी ज्वाइहरूको ठेगाना मसँग थियो । यद्यपि त्यो ठेगाना मेरो हातमा कसरी आइलाग्यो, यस बारेमा भने म यकिन गरेर बताउन सक्दिन ।
रेलको यात्राको त्यो अत्यासलाग्दो यात्रा आजसम्म पनि मेरो मानसपटलमा ताजा छ । जनरलकोच भनेको बास्तवमा शब्दानुसार नै जतिसको मान्छे कोचाकोचको यात्रा हुँदो रहेछ । आधा बाटो त रेलको छतमै चढेर पुरा गरियो । युपी,बिहारीवासी यात्रीहरूको कानैखाने कोलाहल, गालीगलौच, आमाचकारी सम्बोधन, पान बिडीको थामिनसक्नुको गन्ध, अहो ! त्यो दिल्ली यात्रा । त्यसको बारेमा अलग्गै कहानी जुराउन सकिन्छ ।
जसरीतसरी कर्णाटप्लेस, न्यु दिल्ली पुँगे म । माहिली र साहिली दुई बहिनीहरू थिए सो बेला दिल्लीमा मेरा । साथमा ज्वाइहरू पनि हुनुहुन्थ्यो । खोज्दै पुँगे म रातको बास बस्न । हामी दाजुबहिनीका बीचमा सुखका के कुरा भन्नु, दुःखै दुःखका कुराकानी भए । उनीहरूलाई म दिल्ली आउनुको कारण बताएँ । “बा लाहुर लागेचन । केहि अत्तोपत्तो छैन रे । घराँ आमाको बेहाल भको छ रे । चिठ्ठी हात लागेओ थ्यो मेरो । म त बा यता तिमेरुसित आएका छन् कि भनेर घरमा नगएर यतै आएको हुम् ।” “लौ दाइ पनि ! यता किन आएका हौ त ? याँ आउनुभन्दापैले घर गएको भा त सबै था लाग्थ्यो नि । बा त बडागाउँतिरका एकजना पाँडेबाहुनको साथ लागेर सिलाङतिर गाछन् रे ।”
बा दिल्लीमा गएका रहेनछन् । बास्तवमा बाको खोजिको सजिलो बाटो अपनाएको थिएँ मैले । सो बेला भाडगाउँ घर जाने भनेको चानचुने कुरो थिएन । पोखराबाट गुल्मी घर पुग्नुभन्दा दिल्ली पुग्न सुगम हुन्थ्यो । पाल्पाबाट डेडदिन पैदल हिँडेर भाडगाउँ पुग्नुभन्दा बसरेलको यात्राबाट दिल्ली पुग्न कता हो कता सुगम थियो । यद्यपि खर्चको हिसाबले दिल्लीको यात्रा केहि खर्चिलो थियो । तर पनि लगभग दुईदिनको पैदलयात्राभन्दा कम खर्चिलो लाग्यो मलाई ।
बा भेटिएनन् । तर पनि लगत्तै फर्किन मन लागेन । केहि दिन दिल्ली घुमफिर गरियो । निकै कम खर्चमा दैनिकी चल्ने बेला थियो । बस रेलको भाडा पनि निकै नै सस्तो थियो । दिल्लीमा बस्नखान आफन्तहरू प्रसस्त भएकोले कुनै समस्या भएन मलाई । मेरा माओली खलक पनि दिल्ली मै थिए । भाडगाउँको कोट भएको ठाउँभन्दा केहि तल डा. विश्वनाथ पन्थीको घर छ । त्यसको आसपासमा सार्कीसमुदायको बसोबास छ । त्यहि सार्की टोलाका एकजना भाइ पनि भेटिए । धेरैजसोको काम भनेको कोठीको काम हुँदोरहेछ । कोठीको काम भनेको खाना बनाउने, भाँडाबर्तनको सरसफाइ आदि रहेछ ।
बाको अत्तोपत्तोबारे बुझेर म नेपाल फर्किएँ । बडागाउँ वा पेँगा, पुर्कोट यतैकतैका विष्णु पाण्डे नामका एकजना चिनजानका मान्छेको पछि लागेर बा मेघालयतिर हानिएको कुरो बहिनीहरूबाट थाहा लाग्यो । यति लामो दुईहजार किलोमिटरको यात्रा तयगरेर मामुली मेघालयको नङ्पो(आम बोलिभालिको भाषामा लम्फु) थाहा बोकेर म पोखरा फर्किएँ । पोखरा फर्किने बेलामा बहिनीहरूले आमालाई दिनुहोला भन्दै केहि रकम पकेटमा हालिदिएका थिए । एकजना सार्कीभाइले “घर पु¥याइदिनुहोला दाइ” भन्दै एकसय भारु पनि दिएका थिए । त्यो एकसय भारुको कहानी पनि बडो रोचक छ । त्यसलाई यसै कथाको कुनै अंकमा जोडिने नै छ ।
अब फर्कौ कहानीको मूल टेको तिर ।
मे आइ कमिङ्ग सर ? यस कमिङ्ग । हाउ आर यु रविन्द्र ? आइ एम फाइन सर । एण्ड यु ? संवाद श्रृङ्खलाको प्रारुप यस्तै यस्तै थियो । के के डकुमेण्ड तैयार ग¥यौ त रविन्द्र ? ब्यांक मेनेजर जतिबेला पनि अंग्रेजी बोल्दैन थिए । किनकि मेरो अंग्रेजी भाषाउपरको पकड बारे उनलाई दिब्यज्ञान भइसकेको थियो । यद्यपि उनलाई मलाईजत्तिपनि हिन्दीमा कुराकानी गर्न आउँदैन थियो । हिन्दी अंग्रेजी मिसाएर उनले सोधेपछि मैले निवेदनकोसाथमा आफुले तैयार गरेका कागजपत्र पेश गर्दै भने—उद्योगको लाइसेन्स बनाउने आइडिया नै भएन सर मलाई । अरु कागज तैयार गरेको छु । कामलाई अगाडि बढाउनु प¥यो । कामको शुरुवात पनि गर्छु । लाइसेन्स बनाउन तिर पनि लाग्छु ।
उनीसँगको यो मेरो निवेदन मात्र थिएन । विनम्र आग्रह पनि थियो । उमेरले परिपक्क थिइन । तर जिम्मेवारीको हिसावले पहाड बोकेको थिएँ । बहुतै सुनौलो अतितलाई बेहोरेर आएको थिएँ म । स्कुलका दिनहरूमा कथा, कविता लेखनमा स्कुल, जिल्ला हुँदै राष्ट्रस्तर मै पुरस्कृत भएको थिएँ । सफल त नभनौ तर दृष्यलाई सजिलै क्यानभासमा उतार्नसक्ने चित्रकार थिएँ । सबभन्दा ठूलोकुरो त तत्कालिन अवस्थाको एक होनहार पार्टीको प्रतिवद्ध कार्यकता थिएँ । पार्टीका एक स्तरका साथीहरूसँग उठबस थियो । सबभन्दा अहम् र आत्माभिमानको कुरो त गण्डकी बोर्डिङ्ग स्कुलजस्तो नेपालमै नाम चलेको स्कुलमा जिल्लाबाट छानिएर पढ्ने अवसर पाएको गतिछाडा मनुवा थिएँ । हो, यहि गतिछाडाको विशाल आरोपबाट मुक्ति पाउन मलाई कृषि औजार उद्योग(कारखाना) खोल्नु थियो र त्यसको लागि जरुरत थियो स्टेट बैंक अफ इण्डियाको ऋण । यसउसले बैंक मेनेजर अगाडि मैले पेश गरेको निवेदन मात्र निवेदन थिएन, आग्रह थियो । अनुनय विनय थियो र थियो दयाको याचना समेत ।
कार्तिक २, २०७९
बुटवल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?