ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
ताजा अपडेट

अपाङ्गता भएका व्यक्ति खोज्दै उप प्रमुख घरदैलोमा

३१ जेष्ठ २०८०, बुधबार ०७:२५
सोमबार, ०८ साउन २०८०

बुटवल- अपाङ्गता भएका व्याक्तिहरुलाई अहिले पनि समाजको मुलधारमा ल्याउन अभिभावकहरु नै चाहदैनन् । घरमा अपाङ्गता भएका व्याक्तिहरुलाई बन्द कोठामा वा अन्य कुनै स्थानमा राख्ने, उनीहरुको अधिकार कुल्चदै समाजको मुलधारमा ल्याएको पाईदैन । यसमा सबैभन्दा बढि बौद्धिक अपाङ्गता, पुर्ण अपाङ्गता भएका व्याक्तिहरु र मनोसमाजिक अपाङ्गता भएका व्याक्तिहरु रहेका हुन्छ । उनीहरुलाई घरमा नै अभिभावकहरुले अन्य परिवारका सदस्यहरुलाई नै घुलमिल हुन बाट रोकेर घरमा नै ‘बन्धक बनाएर राख्ने’ गरेको पाईन्छ ।

यसरीअपाङ्गता भएका व्याक्तिहरुको अधिकार कुन्ठीत हुननदिनको लागि बुटवल उपमहानगरपालिकाले सहायता सामग्री सहित उप–प्रमुख सावित्रा अर्याल नेतृत्वमा घर दैलो कार्यक्रम गरिएको छ ।

बुटवलका–१९ वटै वडामा अपाङ्गता भएका व्याक्तिहरुको खोजीका उनीहरुले टोली नै बनाएर लागीपरेका हुन । नगरपालिकामा रहेको अपाङ्गता संमन्वय समितिको सहभागीतामा टोलीले बुटवलका सबै वडामा पुगेर अपाङ्गता भएका व्याक्तिहरुको आवश्यकता पहिचान गर्दै उनीहरुलाई प्रारम्भीक सहायक समग्री समेत प्रदान गरेको बुटवल उपमहानगरापलिकाका उप प्रमुख तथा संमन्वय समितिका संयोजक सावित्रा अर्यालले जानकारी दिईन ।
कुनै कुनै स्थानमा पुग्दा अपाङ्गता भएका व्याक्तिहरुको न्यूनतम अधिकार समेत प्रदान नगरी बन्दक जस्तै बनाएर राखेका अभिभावकहरुलाई पहिलो पटकमा सम्झाई बुझाई छाडीएको र आगामी दिनमा कारबाही समेत गर्ने गरी चेतावनी समेत दिइएको उप–प्रमुख अर्यालले बताईन ।

मंगलबार मात्रै पुर्ण अशक्त अपाङ्गताको घर घर मा बडा अध्यक्ष सहित खोज विन तथा आवश्यकता पहिचानको लागि वडा नम्बर १७ का अध्यक्ष ज्ञान बहादुर सारु र बडा न १९ का अध्यक्ष चन्द्र सिंह थापा सहितको टिमले १८ जना अपाङ्गता भएका ब्यक्तीहरुको घरमा पुगेर वास्तविक अपाङ्गता को अवस्था बारे जानकारी लिएको छ ।
अपाङ्गता भएका व्याक्तिहरुको लागि आवश्यकता पहिचान सहित घरदैलो अभियान गरिएको अपाङ्गता अभियान्ता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीयसदस्य सावित्रा घिमिरेले जानकारी दिईन । अपाङ्गता संमन्वय समिति बुटवल उप–महानगरपालिकाका सदस्य समेत रहेकी घिमिरेले अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरु पनि समाजको मुल धारमा आउनुपर्छ, उनीहरुको हक अधिकार स्थापना गर्नुपर्दछ भन्ने अभियान अनुसार नै बुटवल उपमहानगरपालिकाको सहयोगमा यो काम गरिएको बताईन ।

अभियानको क्रममा अभिभावकहरुलाई आवश्यक शिक्षा तथा मार्गर्दशन समेत दिने गरिएको उनले बताईन । कतिपय स्थानमा अपाङ्गता परिचय पत्र नै नभएको कारण अपाङ्गताभएका व्याक्तिहरुले समाजिक सुरक्षा भत्ता बाट समेत बञ्चित भएको अवस्था रहेको भन्दै उनले अभियानकोक्रममा भेटिएका अपाङ्गता भएका व्याक्तिहरुको परिचय पत्रविहिन रहेको अवस्थामा तुरुन्त वडा कार्यालयबाट सिफारिस बनाएर नगरपालिकामा आउनको लागि सचेतना समेत प्रदान गर्दै आइएको उनले जानकारी दिईन । उनले भनिन्–‘घरदैलोको क्रममा परिच पत्र नै नभएको पनि भेटाएका छौ, उहाँहरुलाई परिचय पत्रका लागि वडा कार्यालयको संमन्वयमा काम गर्ने गरी संमन्वयकारी भूमिका समेत निर्वाहा गरिएको छ । ’
बुटवल उपमहानगरपालिकाका सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालले परिचय पत्र विहिनहरुको लागि परिचय पत्र प्रदान गरि राज्यको सेवा सुविधा लिनको लागि आग्रह समेत गर्दै परिचय पत्रका लागि आह्वान गरिएको बताउछिन् ।

अपाङ्गता भएका राज्यको ‘क’ बर्गका परिचय पत्र प्राप्त गरेका पुर्ण अपाङ्गता भएका व्याक्तिहरुले मासिक ३ हजार ९ सय ९० रुपैयाँ सामाजिक सुरुक्षा भत्ता पाउदै आएका छन् । भने अति अशक्त अपाङ्गता भएका ९ख० बर्गका अपाङ्गता भएका व्याक्तिहरुले मासिक २ हजार १ सय २८ रुपैयाँ सााजिक सुरुक्षा भत्ता पाउँदै गरेका छन् । नेपाल सरकारले १० प्रकारका अपाङ्गता अवस्था अनुसार बर्गीकरण गरेपनि ४ प्रकारका परिचय पत्र उपलब्ध गराउँदै आएको छ ।
बुटवल उपमहानगरपालिकामा ८ सय ३६ जनाले विभिन्न प्रकृतिको अपाङ्गता पपरिचय पत्र प्राप्त गरे का छन् । बुटवल उपमहानग®पालिकाका १ हजार ३ सय ६५ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरू रहे का छन् ।

पूर्ण अशक्त अपाङ्गताः आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।
अति अशक्त अपाङ्गताः वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।
मध्यम अपाङ्गताः भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
सामान्य अपाङ्गताः सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?