ट्रेंडिंग:

>> अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन >> ललिता निवास जग्गा प्रकरणमा गल्ती गरेको छैन : नेपाल >> सडक जाम गर्ने निर्माण व्यवसायीको चेतावनी >> ‘आन्तरिक विशेष अभियान’ ले पार्टीलाई तल्लो तहसम्म बलियो बनाउछ—पुष्पा भुषाल >> युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए नेपाल >> जनमत पार्टीकी अनिता देवीले लिइन् मन्त्रीको सपथ >> कर्णाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह >> केरामा पनि बिचौलियाकै राजः किसान उत्पादन गर्छन्, व्यापारी लाभ लिन्छन् >> महाकालीमा पानीको सतह बढ्यो >> कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै,उच्चस्तरीय छानवीन समितिबारे निर्णय हुने >> ‘गण्डक टापु पार्क’ को सपना >> विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस >> आफै नसुध्रिएको बाल सुधार गृह >> लुम्बिनी प्रदेशः कृषिमा क्रमभंगता किन ? >> सियारीमा न्याय तौलिदै तारा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की >> एकिकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही >> कांग्रेसको चेतावनी : सुन प्रकरणमा उच्चस्तरीय समिति नभए समर्थन फिर्ता >> माग पूरा नभए थप आन्दोलन गर्ने शिक्षकको चेतावनी >> दाङमा चेक बाउन्स मुद्धाका फरार प्रतिबादी पक्राउ >> बर्षाका कारण सल्यानमा घर भत्कियो >> हवाई टापु डढेलोः ज्यान गुमाएकाको शव परिवारलाई बुझाउन चुनौति >> विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको इप्पानद्वारा स्वागत >> सुन प्रकरणमा उच्चस्तरीय छानवीन आवश्यक : डा. शेखर >> बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ (भिडियो सहित) >> सुन तस्करीमा संलग्न देखिए पदमा बस्दिन : अर्थमन्त्री >> खोलाले बगाएका बृद्ध मृत फेला >> युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना >> सत्ता समीकरण फेरिन्न : अर्थमन्त्री >> रोटरी डाउनटाउनले बाड्यो ५० विद्यार्थीलाई विद्यालय पोसाक >> पत्रे खोलाले बगाउँदा एकजना बेपत्ता >> प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : ओली >> एमालेको विशेष पत्रकार सम्मेलन : उच्चस्तरीय छानवीन समितिको अडान छाड्दैनौं >> जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल >> साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर >> १४ बुंदे माग राखेर चिकित्सा शिक्षा सरोकार संघर्ष समिति आन्दोलनमा >> मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै >> सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै >> पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री नियुक्त >> कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने >> स्थानीय सरकारको असल अभ्यास : नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान >> होटल ब्यवसायी संघ कंचनमा सन्तोष थापा >> मान्छे–बाँदरको धपाउने चक्र >> लुम्बिनीलाई विवादित नबनाऊ >> राष्ट्रपति ज्यू– पदको मर्यादा हेक्का रहोस् >> गम्भीर स्वास्थ्य समस्या बन्दै प्रतिजैविक प्रतिरोध >> आफैले बाँडेको जमिन प्रयोगबिहीन हुँदा समेत मुकदर्शक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> न्यू होराइजन अलुमनीमा अमात्य
समाचार

१० हजारलाई मानसिक स्वस्थ्य सचेतना पुर्याउने अध्यक्ष नेपालको प्रतिवद्धता

२६ श्रावण २०८०, शुक्रबार २२:२२
सोमबार, ०८ साउन २०८०

बुटवल, २६ साउन। रोटरी ई—क्लब अफ मेडिको फ्युजन हाइब्रिड नेपालको तेस्रो पदस्थापन सम्पन्न भएको छ । शुक्रबार क्लबको कार्यक्रममा वर्ष २०२२/२०२३ का अध्यक्ष प्रकाश बस्नेतले वर्ष २०२३/२०२४ का अध्यक्ष अप्सरा नेपाललाई पद हस्तान्तरण गरे । कार्यक्रमको एक समारोहका बिच रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्रप्रसाद ध्वजुले उद्घाटन गर्दै क्लबको कलर, प्रमाणपत्र, बेल हस्तान्तरण गरे । क्लबको सदस्य जोडिमध्ये एक जना चिकित्सक हुनुपर्ने प्रावधान नै नमुना भएको उनले बताए । महिला शसक्तिकरणको अभियानलाई रोटरीले प्राथमिकतामा राखेको भन्दै आफनो दक्षता र अनुभवलाई ब्यवहारिक रुपमा लागू गर्न सुझाव दिए । रोटरी सधै टाईम, टाभल र ट्रेजरमा जोड दिएको उनले दाबी गरे । नेपालमा मानसिक स्वस्थ्यको विषयमा सचेत नहुदा आत्महत्याका घटना बढ्दो देखिएको भन्दै उनले यो क्षेत्रमा कार्यक्रम चलाउनुपर्ने बताए ।

कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष अप्सरा नेपालले क्लबको लक्ष्य अनुसार लाग्ने प्रतिवद्घता जनाए । समुदायस्तरमा सेवा बिस्तारलाई थप जोड दिने तयारीमा रहेको बताए । सफटवेयरका रुपमा मेघा र विषयगत हेल्थ क्याम्पहरु चलाउदै आएको उनले बताईन । यसैगरि मानसिक स्वस्थ्यको विषय अहिलेको सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै १० हजार ब्यक्तिसम्म सचेतना कार्यक्रम लगेर जाने बताईन । वर्षमा १० जना सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्पोन्सर चाईन्डको रुपमा छात्रवृत्ति प्रदान गर्ने बताए ।
कार्यक्रममा नाक, कान, घाँटी रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा.केबि श्रेष्ठले चिकित्सकहरुको समाजका रुपमा क्लब विकास भएको बताए । कानको रोग गरिब र सान बालबालिकाहरुमा देखिने भन्दै सहि समयमा यो पहिचान हुन सके रोकथाम गर्न सकिने बताए ।

कार्यक्रममा डिजि नोमिनी बिनोद कोईरालाले रिजन र डिष्ट्रिकको लागि समेत श्रोतका रुपमा क्लबको काम बन्न सक्नुपर्ने बताए । विश्वभरमै मानसिक स्वस्थ्यको गम्भीर र जटिल समस्या आईपरेको भन्दै यसको विषयमा काम गर्न गाईडलाईन समेत भएको बताए । हाम्रो नजिकको ब्यक्तिसंग जो मानसिक समस्या भएकालाई भेट्ने, सम्बन्धि चिकित्सक र अस्पतालसम्म पुर्याउन मद्दत गर्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका एसाईन एजी सुरज क्षेत्रीले क्लबमा साथीहरुसंग सहकार्य गरि अघि बढ्ने बताए। रोटरी प्रेसिडेन्ट साईटेसन अवार्ड जित्न सफल क्लब कामकै कारण उत्कृष्ट बनेको दाबी गरे । सम्भावना बोकेको क्लब भएको भन्दै ग्लोबल परियोजनालाई पनि अघि बढाउन जरुरी रहेको बताए । डायमण्ड क्लबका रुपमा हेरेको भन्दै धेरै कार्यक्रम गर्ने सोचमा रहेको बताए ।

वर्ष २०२२/२०२३ का अध्यक्ष प्रकाश बस्नेतले आफ्नो कार्यकालमा ५ हजार बढिलाई लाभान्वित हुने गरि स्वस्थ्य शिविर चलाएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले क्लब स्थापनाको बेला नामको विषयमा धेरै प्रश्नहरु उठेको बताए । स्थापनाको छोटोसमयमा नेपालमा नया र नमुना अभियान चलाएर चर्चामा आएको उनले बताए । क्लबका सचिव डा. विनय शाक्यले पेशासंगै सामाजिक भावना जोडेर आफुहरु अघि बढेको बताए । क्लबमा हाल दुई दर्जन बढी जोडी सदस्यहरु छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?